कठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा आज बिहान ७ देखि अपराह्न ५ बजेसम्म भएको मतदान देशभरका पालिकामा अत्यन्त उत्साहपूर्णरुपमा सम्पन्न भएको बताएका छन्।
मतदान सकिएलगत्तै प्रधानमन्त्री देउवाले जारी गरेको प्रेस विज्ञप्तिमा सार्वभौम नेपाली नागरिकले देखाएको उत्साहले लोकतन्त्रप्रतिको नागरिक विश्वासलाई थप प्रमाणित गरेको उल्लेख गरेका छन्।दशकौंको अविराम लोकतान्त्रिक सङ्घर्ष–यात्राका आरोह–अवरोह र चुनौती पार गर्दै अत्यन्त कठिन साधना र समर्पणको फलस्वरुप प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्न यस निर्वाचनले सहयोग पु¥याएको प्रधानमन्त्रीको विश्वास छ।
प्रधानमन्त्रीले भने, ‘‘संविधानको सफल कार्यान्वयनबाट जनतालाई सुशासन, सामाजिक न्याय र आर्थिक समुन्नतिको प्रत्याभूति एवम् मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणको यो राष्ट्रिय महायज्ञमा सम्पूर्ण आमाबुवा, नेपाली दिदीबहिनी तथा दाजुभाइले अत्यन्त उत्साह, संयम र धैर्यका साथ आफ्नो अमूल्य मत दिएको छ।’’
प्रधानमन्त्री देउवाले आजको निर्वाचनमा जनताको उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले सरकार र राजनीतिक दलहरुलाई थप प्रेरणा मिलेको बताए ।प्रधानमन्त्रीले भने, ‘‘शान्तिपूर्ण एवम् भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकोमा सरकार निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छ।’’
यसैगरी, मतदान कार्यमा अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायतले उत्साहजनक सहभागिता जनाई मतदान गर्नुहुने सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु, विज्ञप्तिमा भनिएको छ।
काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् ।
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।
काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।
प्रतिक्रिया