रुपन्देही - गृहमन्त्री बालकृष्ण खाणले आज जारी स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गरेका छन् ।
स्थानीय तहको निर्वाचनअन्तर्गत आज रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ स्थित मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको र मतदान शान्तिपूर्ण रुपमै सम्पन्न हुने बताए ।
गृहमन्त्री खाणले नेपाल सरकारले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था मिलाएको उल्लेख गरे । यसैबीच आज भइरहेको मतदान अन्तर्गत रुपन्देही जिल्लामा दिउसो १ बजे सम्म ४० प्रतिशत मतदान भएको छ ।
जिल्लाका १६ वटै पालिकामा अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा भइरहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए । बिहान केही मतदान केन्द्रहरुमा वर्षाले समस्या सिर्जना गरेपनि बर्षात् रोकिएपछि मतदान सूचारु भएको समेत प्रमुख भण्डारीले जानकारी दिए ।
जिल्लामा १६ पालिकाअन्तर्गत २०८ मतदानस्थलमा ७ सय मतदान केन्द्रमा बिहान तोकिएकै समयमा मतदान सुरु भएको थियो ।
काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् ।
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।
काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।
प्रतिक्रिया