१३ जेठ, २०७९
    {
अर्थ / प्रविधि

जेठ १ गतेबाट बुद्ध एयरले राति पनि उडान गर्ने

  • पुलेसो
  • २०७९ वैशाख ३० शुक्रबार
जेठ १ गतेबाट बुद्ध एयरले राति पनि उडान गर्ने

काठमाडौँ -  जेठ १ गतेदेखि बुद्ध एयरले रात्रिकालीन उडान गर्ने भएको छ।

रात्रिकालीन उडान तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा रात्रिकालीन उडान गर्न लागेको हो बुद्ध एयरले जनाएकाे छ। उडान राति ८ बजेदेखि हुनेछ।रात्रिकालीन उडान दैनिक कामकाजमा व्यस्त यात्रुहरूका लागि निकै आकर्षक हुने बुद्धले जनाएको छ। बिहान र दिउँसोको तुलनामा सहज, सरल र सस्तो पनि हुने कम्पनीको विश्वास छ।  

 

कम्पनीले रात्रिकालीन उडान हुने गन्तव्यहरूमा सार्वजनिक यातायातको सुविधाका लागि प्रदेश र स्थानीय सरकारलाई अनुरोध गरेको बताएको छ।  यात्रुहरूको आवतजावतले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने विश्वास बुद्ध एयरको छ।

बुद्ध एयरले काठमाडौंमा ‘टुटल’सँग समन्वय गरी रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको विज्ञप्तिमार्फत जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै...

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । 

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

  • पुलेसो
  • २०७९ जेठ १० मंगलबार
  • काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

    अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका...

    कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग