१३ जेठ, २०७९
    {
समाज / प्रविधि

सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक

  • पुलेसो
  • २०७९ वैशाख ३० शुक्रबार
सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक

काठमाडौँ नेपाल सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको पात्रो बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव महेश्वर न्यौपानेलगायत यस क्षेत्रका विद्वान्ले सार्वजनिक गरेका हुन्। कार्यक्रममा सचिव न्यौपानेले विज्ञानसम्म गणनालाई संस्थागत गर्ने ऋषि परम्परालाई पुनर्जागरण गरिनुपर्ने बताए।

उनले भने,“राष्ट्रिय–पञ्चाङ्गलाई मोबाइल एप्लिकेसन बनाएर हत्केलामा पुर्याउनुपर्छ, प्रविधिसँग जोडियो भने यो विधा सर्वस्वीकृत हुन्छ, प्रत्येक दिन हुने सूर्योदय र सूर्यास्तको गणना गर्ने ज्योतिष शास्त्रीय विधि विज्ञानसम्मत छ, सबै धर्मावलम्बीका लागि ग्रह गणना गर्ने विधि एकै हो”, । 

सहकारी, संस्थागत विद्यालयलगायत विभिन्न सङ्घसंस्थाले निकाल्ने भित्तेपात्रोलाई स्वीकृति दिई नियमन गर्ने कामको जिम्मेवारी पनि समितिलाई दिएको सचिव न्यौपानेले सुनाए। भित्तेपात्रोमा तिथिमिति, चाडपर्व, बिदालगायत विषयमा फरक परेर समाजमा भ्रम सिर्जना हुन थालेकाले यस क्षेत्रको नियमन गर्न सरकारले समितिको गठन आदेश स्वीकृत गरी यस्तो जिम्मेवारी दिएको हो। 

पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो र भित्तेपात्रोमात्र प्रयोग गर्न पनि उनले आम मानिसमा आह्वान गरे। यससम्बन्धी जागरण फैल्याउनुपर्नेमा मन्त्रालयको जोड छ। समितिको स्वीकृति नलिएको पात्रो र भित्तेपात्रो जफत गरी त्यो सूचना सार्वजनिक गर्न पनि मन्त्रालयले समितिलाई निर्देशन दिएको छ। 

पञ्चाङ्गमा राखिएका ग्रहगतिलगायत विषय आकाशीय ग्रहसँग मिलेको छ कि छैन भनी अध्ययन अनुसन्धानको व्यवस्था गर्न धर्मशास्त्रविद् गौतमले सरकारसँग माग गरे। आफ्नो नौवर्षे कार्यकालमा मन्त्री, सचिवलगायत उच्च अधिकारीलाई पटकपटक भन्दा पनि कार्यान्वयन नभएको विषयले अहिले साकार रूप लिँदा खुसी लागेको उनको भनाइ थियो।

समितिका सदस्य एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले कर्मकाण्ड, ज्योतिष र पुराण वाचनलाई व्यवस्थित गर्न मन्त्रालयले ध्यान दिनुपर्ने बताए। धर्म, संस्कृतिका विषयमा विश्वलाई बाटो देखाउने काम नेपालको भएकाले त्यसअनुरूप नेपालले पहिले काम गरेर देखाउनुपर्नेमा उनको जोड थियो।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ ज्योतिषशास्त्र विभागका प्रा डा माधवप्रसाद पाण्डेयले सरकारले पञ्चाङ्ग प्रकाशन गरेको दिन ऐतिहासिक बनेको उल्लेख गर्दै पात्रोमा प्रयोग भएको ग्रहगति र आकाशीय ग्रहगतिका विषयमा अध्ययन अनुसन्धानको व्यवस्था गर्न माग गरे। समितिलाई अनुसन्धान केन्द्रका रूपमा विकास गरिनुपर्नेमा उनले जोड दिए।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले व्यक्तिगत तवरबाट प्रकाशन भएको पात्रोका आधारमा राज्यले काम गर्नुपर्ने समयको अन्त्य भएको बताए। आर्थिक स्रोतको व्यवस्थापनकै कारण पात्रो प्रकाशन गरी सार्वजनिक गर्न ढिलाइ भएको उनले सुनाए। 

विसं २०२५ मा स्थापना भएको समितिको गठन आदेश गत वर्ष स्वीकृत भएको उल्लेख गर्दै कार्यकारी निर्देशक ढुङ्गेलले जनशक्तिको अभावका कारण काम गर्न कठिनाइ भएको सुनाए। देशभर ५० देखि ७० हजार भित्तेपात्रो प्रकाशन गर्न ठूलो धनराशि खर्च हुने उल्लेख गर्दै उनले यसलाई समितिले व्यवस्थित गर्न लागिपरेको बताए। 

कार्यक्रममा विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेलले समितिले धर्म, संस्कृति क्षेत्रलाई नियमन गर्नुपर्ने बताए। महिला ज्योतिष सङ्घका अध्यक्ष रतिदेवी जोशी श्रेष्ठले समितिको गठन आदेश जारी हुनुअघि ११ सदस्यीय समिति रहेकामा हाल घटाएर सात जनामा सीमित गरिनु उपयुक्त नभएको बताइन्।

समितिमा जनजातिको पनि प्रतिनिधित्व हुनुपर्ने उनको माग छ। नेवारी समुदायले मनाउने चाडपर्वका नाम र भाषामा अशुद्धी भएको गुनासो पनि उनले गरिन्। कार्यक्रममा समितिका सदस्य वासुदेवकृष्ण शास्त्रीले विश्वकै अग्लो देश नेपालमा सबै आकाशीय ग्रहको अध्ययन अनुसन्धानका लागि ठूलो वेदशाला निर्माण गरिनुपर्नेमा जोड दिए।

बजारमा निस्कने अन्य पात्रोभन्दा ठूलो आकारको, अक्षर ठूला भएको यो पात्रो हेर्न सहज हुनेछ। आकर्षक कागजमा ६० पृष्ठमा छापिएको पात्रोको मूल्य व्यक्तिगत १५० र संस्थागत ५०० तोकिएको छ। पञ्चाङ्गको सम्पादक मण्डलमा समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, मन्त्रालयका संस्कृति शाखा प्रमुख उपसचिव पुण्यमाया गुरागाईं, कार्यकारी निर्देशक ज्योतिष पण्डित ढुङ्गेल र उपप्राध्यापक डा पुरुषोत्तम भट्टराई रहेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै...

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । 

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

  • पुलेसो
  • २०७९ जेठ १० मंगलबार
  • काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

    अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका...

    कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग