कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको लालझाडी गाँउपालिकामा एमाले नेता कार्यकर्ताको गत्था समुहले माओवादी केन्द्रका उम्मेदवारमाथि गुण्डागर्दी शैलीमा उत्रिएको जनाएको छ ।
माओवादी केन्द्र कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै लालझाडीमा एमाले नेता कार्यकर्ताको गत्था समुहले माओवादी केन्द्रका उम्मेदवारमाथि गुण्डागर्दी शैलीमा उत्रिएको जनाएको हो ।
माओवादीले बिनवारीमा एमालेका तीन दर्जन बढी लठैतहरुले स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी) केन्द्रबाट वडा नं. १ अध्यक्षका उम्मेदवार दिनेश रानामाथि गरेको सांघातिक हमलाको नेकपा (माओवादी केन्द्र) कञ्चनपुर घोर बिरोध तथा भत्र्सना गरेको छ ।
माओवादी केन्द्रका लोकप्रियता देखेर हारको मानसिकतामा पुगेको एमालेले गुण्डागर्दी शैलीमा मतदातलाई धम्क्याएर निर्वाचनलाई प्रभावित पार्न खोजेका माओवादीको ठहर छ ।
‘यसअघि हिजो मात्रै एमालेका वडाध्यक्षकै उम्मेदवारको निर्देशनमा (एकीकृत समाजवादी) बाट बेलौरी नगरपालिकामा उपप्रमुख पदका उम्मेदवार नन्दलाल रानामाथि समेत आक्रमण भएको थियो ।, ‘विज्ञप्तीमा भनिएको छ, ‘यसबाट एमाले हारको मानसिकताले विक्षिप्त भएर अपराधिक क्रियाकलापमा उत्रेर गुण्डागर्दीको श्रृंखला शुरु गरिरहेको देखिएको छ ।’
बिनबारीमा संघीय सांसद बिना मगर उनकी मितिनी छोराको जन्मदिनको अवसरमा खाना खान स्थानीय रामप्रसाद रानाको घरमा जानु भएको जनाउँदै माओवादीले लालझाडीमा हामीले जनताको अपार माया र समर्थन पाएकाजनाएको छ । ‘त्यहाँ मौन अवधिमा गएर प्रचार गर्नैपर्ने कमजोर अवस्थामा हामी छैनौं, ‘विज्ञप्तीमा भनिएको छ, ‘तर नितान्त पारिवारिक र व्यक्तिगत भेटघाटको विषयलाई अतिरञ्जित गर्दै बाहिरबाट आएका एमाले गुण्डाहरुले गाडी घेराबन्दी गरि तोडफोड गर्न खोज्दा त्यसको प्रतिकार गर्ने क्रममा उम्मेदवार दिनेश राना लगायतका हाम्रा केही कमरेड सिकिस्त घाइते भएका छन् ।’
राजनीतिमा अपराधिकरणको अन्त्य गर्न सबैमा अपील गर्दै हामीमाथि सांघातिक हमला गर्नेहरुको खोजी गरी तत्काल कार्वाही अघि बढाउन सम्बन्धित निकाय समक्ष माग गरेको छ । माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमपाण्डेद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा आम जनतामा एमालेको गुण्डागर्दी र आंतङकबाट रत्तिभर विचलित नभई शान्ति पूर्णरुपमा मतदान गर्न अपिल गरिएको छ ।
काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् ।
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।
काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।
प्रतिक्रिया