कञ्चनपुर । मंगलबार, बुधबार दुईदिन कञ्चनपुरको बेलौरी र लालझाडीमा नेकपा एमालेका नेता कार्यकर्ताको आक्रमणमापरी माओवादी, समाजवादीका उम्मेदवार घाईते भएका छन ।
मंगलबार बेलौरीमा एमाले नेता कार्यकर्ताको आक्र्रमणमा परी नेकपा एकीकृत समाजवादीका तर्फबाट बेलौरी नगर उप मेयरका उम्मेदवार नन्द कुमार राना र माओवादी केन्द्र तर्फबाट लालझाडी १ का वडाध्यक्ष दिनेश राना घाईते भएका छन । घाईते दुवैको धनगढीका अस्पतालमा उपचार भईरहेको छ । दुईदिन श्रृखलाबद्ध घटनालाई लिएर कञ्चनपुरका राना थारु समुदाय एमालेप्रति रुष्ट देखिएका छन । जिल्लाका रानाथारु समुदायका अगुवाहरुले २२ बैशाखमा एमाले अध्यक्ष केपी शर्मा ओली कञ्चनपुर आएपछि राना थारु समुदायका उम्मेदवारमाथि भौतिम आक्र्रमण बढिरहेको बताएका छन ।
लालझाडी राना समुदायका अगुवा प्रेम रानाले माओवादीका राना थारु समुदायका उम्मेदवारमाथि एमाले नेता कार्यकर्ताले छानिछानी आक्र्रमणम गरिएको बताए । ‘कहिले बेलौरी कहिले लालझाडी राना थारुकै उम्मेदवारमाथि आक्र्रमण किन? ‘उनले भने, ‘एमाले रानाथारुमाथि यति किन आक्र्रोसित र अपमान कुटपिटको अवस्थामा पुग्यो ।’ बेलौरीका राना थारु समुदायका अगुवा मदन रानाले एमाले अध्यक्ष ओली बेलौरी आएसंगै राना थारु समुदायका उम्मेदवार माथि भौतिक आक्र्रमण हुन थालेको बताए । ‘दिनदिनै राना थारु समुदायका उम्मेदवारमाथि भौतिक आक्र्रमण भईरहेको छ, ‘उनले भने, ‘एउटा नेपाल रानाथारु समाज कैलाली कञ्चनपुर भन्ने छ, त्यो सुतेर बसेको छन, त्यहाँपनि राजनीतिक झुण्ड हुँदा राना थारु समुदायका नेता कुटिएका कुटिएछन ।’
काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् ।
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।
काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।
प्रतिक्रिया