१३ जेठ, २०७९
    {
राजनीति / सुदूरपश्चिम प्रदेश

बेलौरीमा एमाले उत्रियो आक्रमण पुर्व सहकर्मी समाजवादी उप मेयरका उम्मेदवार नन्द कुमार राना सहितका कार्यकर्तामाथि कुटपिट

  • पुलेसो
  • २०७९ वैशाख २८ बुधबार
बेलौरीमा एमाले उत्रियो आक्रमण पुर्व सहकर्मी समाजवादी उप मेयरका उम्मेदवार नन्द कुमार राना सहितका कार्यकर्तामाथि कुटपिट

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा नेकपा एमाले आक्र्रमणमा उत्रिएको छ ।

चुनावको मिति नजिकिदै जाँदा एमालेका नेता कार्यकर्ता आफ्नै पुर्व सहकर्मीमाथि भौतिक आक्र्रमणमा उत्रिएका हुन । नेकपा एकीककृत समाजवादी पाटीले एमाले नेता कार्यकर्ताहरुले आफुमाथि भौतिक आक्र्रमणमा उत्रिएको जनाएको छ ।

एमाले नेता कार्यकर्ताहरुले आफ्नै पुर्व सहकर्मी एव समाजवादी बेलौरीका उप प्रमुख नन्द कुमार राना र प्रदेश सदस्य तिलक भट्टमाथि कुटपिट गरेको समाजवादीले जनाएको छ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटिले एक विज्ञप्ती जारी गरेर एमाले बेलौरीका ४का नेता एव उम्मेदवार अर्जुन ढकालकी श्रीमती सहितमा एमाले नेता कार्यकर्ताले समाजवादीका उम्मेदवार राना र प्रदेश सदस्य तिलक भट्टमाथि भौतिक आक्र्रमणमा उत्रिएको जनाएको छ ।

नेकपा एकीकृकत समाजवादी सुप प्रदेश सचिव दिनेशचन्द्र सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तीमा समाजवादीको बुटाबारीदेखि बेलौरी बजारतर्फ आईरहेको बेला भौतिक आक्र्रमण गरेको जनाएको छ । २७ गते दिउँसो समाजवादी बेलौरीको निर्वाचन प्रचार प्रसार अभियानको ¥यालीमा नेकपा एमाले वडा ४ का वडाध्यक्ष उम्मेदवार अर्जुन ढकालकी श्रीमती नेतृत्वमा रहेको प्रतिगामी तथा लोकतन्त्र बिरोधी जत्थाले समाजवादी बेलौरी उप मेयरका उम्मेदवार राना र प्रदेश सदस्य तिलक भट्टमाथि भौतिक आक्र्रमण गरेको जनाएको छ ।

समाजवादी सुप प्रदेशका सचिव दिनेशचन्द्र सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तीमा निर्वाचका मुखमै भएको अप्रजातान्त्रिक, अमार्यादित तथा हिन्सात्मक गतिबिधी हरकत पराजित मानसिकताको पराकाष्ठ भएको जनाएको छ । समाजवादीका प्रदेश सचिव सुवेदी घाईतेको उपचार र दोषि उपर कार्बाहीको माग अघि सारिएको छ । यस विषयमा नेकपा बेलौरीका नेता एव ४ का वडाध्यक्षका उम्मेदवार अर्जुन ढकालले आफ्ना नेता कार्यकर्ताले कुनैपनि समाजवादीका नेताकार्यकर्तालाई कुटपिट नगरिएको बताए । उनले निर्वाचनका बेला यतिकै उचालेको र झुटा आरोप भएको बताए ।

श्रीमतीको नाम आफु वडाध्यक्षको उम्मेदवार भएकाले जोडिएको बताए । समाजवादी बेलौरीमा उपमेयरका उम्मेदवार राना तिलक भट्ट पहिले एमाले नेता नै हुन । उनीहरु एमाले परित्याग गरेर समाजवादीमा प्रवेस गरेसंगै एमाले नेता कार्यकर्ता रुष्ट भएका छन । बेलौरीमा एमाले नेता कार्यकर्ता समाजवादीका नेता कार्यकर्तामाथि कुटपिटमा उत्रिएपछि समाजवादीले समेत एमाले नेता कार्यकर्ता कुटपिटको भत्र्सना गर्दै कार्बाही नगरिए आन्दोलनको चेतावनी दिएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै...

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । 

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

  • पुलेसो
  • २०७९ जेठ १० मंगलबार
  • काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

    अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका...

    कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग