कञ्चनपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिदै गएपछि राजनीतिक दल र तिनका उम्मेदवारले चुनाव प्रचार प्रसार तिव्र पारेका छन ।
आ–आफ्नो चुनावी एजेण्डा लिएर उम्मेदवार चुनावी प्रचार प्रसारमा जुटेका छन । उनीहरुले विकासका एजेण्डा अघि सारेका छन ।
कञ्चनपुर जिल्लाकै सबैभन्दा ठुलो भीमदत्त नगर १८ वडामा पनि राजनीतिक दल र तिनका उम्मेदवारले चुनावी अभियान तिव्र पारेका छन । भीमदत्त नगर १८बाट यस अघि काँग्रेस, एमालेले जित्दै आएको वडा हो । यस पटक माओवादी केन्द्रका तर्फबाट बलिया उम्मेदवार भएकाले काँग्रेस–एमालेको गढ भत्किने विश्लेषण गरिएको छ ।
टिकट वितरणमा एमाले, काँग्रेस भित्र तिव्र असन्तुष्टी नै देखिएका जनता अलमलमा परेका छन । एमालेबाट त झनै बागी नै उम्मेदवारी परेको थियो । भीनपा १८मा एमाले–काँग्रेसमा पाउनुपर्ने नेताहरुले टिकट नपाएको भन्दै तिव्र असन्तुष्टीता प्रकट भएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तर्फबाट बामका साझा उम्मेदवार बिरेन्द्रराज विष्टले अघि सारिएको छ । अध्ययन संगसंगै सामजिक काममा सकृय रहेका विष्टलाई माओवादी केन्द्रले वडाध्यक्षको उम्मेदवारमा अघि सारेको हो ।
चुनावी घरदैलो अभियानमा स्थानीयले ईमान्दार, मेहनती, विकासप्रेमी विवादरहित युवा नेताका रुपमा परिचित विष्टको पक्षमा व्यापक साथ सर्मथन बढिरहेको छ । भीनपा १८का स्थानीयले यस अघि काँग्रेस, एमालेलाई मत दिएको बताउँदै यस पटक माओवादी युवा उम्मेदबारलाई साथ दिने प्रतिकृया दिईरहेका छन ।
स्थानीय करन भट्टले वडाको विकास गर्न सक्ने युवा नेतालाई सहयोग गर्ने बताए । ‘हामीले यस अघि काँग्रेस, एमालेलाई मत दिदै आएका थियौँ, ‘उनले भने, ‘यस पटक माओवादीमा पनि हेछौँ ।’ स्थानीय बयोबृद्ध पदमा सुनारले पटक पटक काँग्रेस, एमालेलाई मत दिदा पनि आफ्ना पीडा र वडाका समस्या उस्तै रहेको बताउँदै उनले यस पटक युवा विकासप्रेमी नेताको पक्षमा गाँउ नै उर्लिने बताए । ‘काँग्रेस, एमालेको पनि पनि हेरे, अब माओवादीको विकास हेछौँ ।’
अर्का स्थान गणेश दत्त जोशीले स्थानीय जनप्रतिनिधी छान्नका लागि कुनै दल भन्दा पनि इमान्दार सबै वडाबासीको काममा खटिनेलाई मत दिने बताए । ‘अहिले माओवादीले हाम्रो वडा सरकारको नेतृत्वका लागि दिएका उम्मेदवार नमुना युवा हुन, ‘उनले भने, ‘यसर्थ उहाँको पाटी कमजोर भएपनि जनताको विष्टलाई ब्यापक साथसर्मथन गछौँ ।’
भीनपा १८ बाम गठबन्धनका तर्फबाट वडाध्यक्षका उम्मेदवार बिरेन्द्र राज विष्टले देशमा अवस्था फेरीपनि जनताको अवस्था नफेरिएकाले आफुले जनताको अवस्था फेर्ने काममा लाग्ने वडाको एकिकृत दिगो विकास गर्दै नमुना वडा बनाउने एजेण्डा अघि सारेका छन ।
विष्टले महेन्द्रनगर मावि(साधारण स्कुल)को नेतृत्व पाएसंगै जिल्लामै सामुदायिक विद्यालय नमुना बनाएर चर्चा कमाएसंगै उनीप्रति जनताको आसा र भरोसा रहेको छ ।
काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् ।
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।
काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।
प्रतिक्रिया