कञ्चनपुर । नेकपा एमाले बेलौरी नगरपालिकामा बबण्डर मच्चिएको छ ।
टिकट वितरणमा आफन्त निकटलाई दिएको भन्दै असन्तुष्टी रहेको एमालेमा थप विवादले बबण्डर नै मच्चिएको छ । बेलौरी नगरपालिका १०मा लाल बहादुर चौधरीले एमाले आधिकारिक उम्मेदवार लोकेन्द प्रशाद जोशी बिरुद्धमा उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन । एमाले बेलौरीका नेता लाल ब. चौधरीले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन । उनका प्रचारमा राम प्रशाद जोशी, रामललाल चौधरी झत्त बहादुर चन्द खटिएपछि उनीहरुलाई पनि कार्बाही गर्ने चेतावनी दिईएको छ । नेकपा एमाले बेलौरी नगर अध्यक्ष बाबुराम न्यौपाले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा लाल ब. चौधरी सहित प्रस्तावब कोपीला चौधरी र सर्मथक पतिराम चौधरीलाई कार्बाहीका लागि सिफारिस गरेको छ । गत बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली बेलौरी आएपनि एमालेमा देखिएको बैमनस्यता र बबण्डर भने न्यूनिकरणको साटो झन चर्किदै गएको छ ।
काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् ।
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।
काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।
प्रतिक्रिया