१३ जेठ, २०७९
    {
समाज / मनाेरञ्जन/ कला

लोकदोहोरी महोत्सवका विजेताले पाए नगद पुरस्कार

  • पुलेसो
  • २०७९ वैशाख ०६ मंगलबार
लोकदोहोरी महोत्सवका विजेताले पाए नगद पुरस्कार

काठमाडौं - डीएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिज प्रालिको आयोजनामा भएको प्रतियोगिता सहितको राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ का विजेतालाई  एक विशेष कार्यक्रमको आयोजना गरि नगद पुरस्कार वितरण गरिएको छ ।

 प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद ५ लाख प्रदान गरिएकाे छ ।दोस्राे हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद ४ लाख तथा तेस्राे हुने सरोज सिंखडा र सीता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ एवं सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझलाई नगद ३ लाख प्रदान गरिएकाे छ ।

 

प्रतियोगिता निर्णायक मण्डलका अध्यक्ष पुरुषोत्तम न्यौपानेका अनुसार तेस्राे हुने दुई समूहले आपसी समझदारी गरेकाले तेस्राे र सान्तवना पुरस्कार दुई समूहलाई एकै ठाउँमा पारेर वितरण गरिएको हो । 

प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई नि:शुल्क गीत रेकर्ड गरिदिने समेत महाेत्सव आयाेजक  डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिजले घाेषणा गरेकाे छ ।

महोत्सवका अध्यक्ष नमराज ढुंगानाको अध्यक्षतामा नगद वितरण कार्यक्रम राखिएको थियो भने कार्यक्रमको सञ्चालन अमृत खातीले गरेका थिए।प्रतियोगिता गत चैत्र २६ गतेदेखि ३० गतेसम्म चलेको राष्ट्रिय लोक दोहोरी महोत्सव ३० गतेसम्म ५ दिन चलेको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै...

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । 

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

  • पुलेसो
  • २०७९ जेठ १० मंगलबार
  • काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

    अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका...

    कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग