गाईघाट - नेकपा एमाले निकट राष्ट्रिय जन–सास्कृतिक महासंघ, उदयपुरले पार्टीको चुनावी गीत बजारमा ल्याएको छ ।
स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै महासंघले ‘भोट हालौ सबैले सूर्य छापमा’ भन्ने बोलको चुनावी गीत बजारमा ल्याएको हो ।
चुनाबी गित बिशेष समारोहको बिचमा नेकपा एमालेका जिल्ला पार्टी अध्यक्ष प्रमेश्वर घिमिरेले सार्वजनिक गरेका छन ।
सैनध्वज दनुवारको शब्द र संगीतमा रहेको उक्त चुनावी गीत १३ मिनेट ३७ सेकेण्डको रहेको छ । लोक स्टारका उपविजेता विनोद दनुवार र अर्का गायक हिरा विश्वकर्माको स्वरमा रहेको गीत एडमिन चौतारी डट कम नामक फेसबुक च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीत सार्वजनिक समारोहमा एमाले अध्यक्ष घिमिरे, एमाले नेतृ महेश्वरी राई, युवा नेता खगेन्द्र पोखरेल लगाएतको उपस्थिति रहेको थियो । गीत तयार गर्न सहयोग गर्ने एमाले नेताहरु मञ्जु चौधरी, प्रमेश्वर घिमिरे, ईश्वरमणि राउत, भागवत राउत, महेश्वरी राई, शारदा कुमारी दनुवार, तिर्हा दनुवार, अमर बहादुर दनुवार, दिपक राउत, खगेन्द्र पोखरेल लगाएतलाई धन्यवाद दिईएको छ ।
https://youtu.be/50f93JJrhn4
काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् ।
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।
काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।
प्रतिक्रिया