१३ जेठ, २०७९
    {
फिचर / सुदूरपश्चिम प्रदेश

मतदान के का लागि गर्ने ।

  • पुलेसो
  • २०७८ चैत २९ मंगलबार
मतदान के का लागि गर्ने ।

गोकुल निरौला
    चैत महिना सुरुभएदेखि गर्मि खुव बढेछ । गर्मि मात्र बढ्यो के भन्नु बजारमा महंगि पनि त बढेको छ । गर्मि र महंगि संगै गाँउघरमा चुनाबि माहोलको चहलपहल पनि त बढेको छ । सबैचिज बढेको बेला घट्ने चै के होत ? साहेद मतदाता घट्छन हो । मान्छेका मनमा राजनिति गर्ने राजनितिकर्मि हरु प्रतिको आसा भरोसा घट्छ होला यस्तै यस्तै । नेपाली नागरिक सबै मतदाता हुन मतदाताको अफ्नो एउटा सुरक्षित र भरपर्दो आधिकार भनेकै मताधिकार हो अरुत नागरिक संग अधिकार भन्ने कुरा कहानेरि छ र । जे होस नेपालमा पनि मताधिकारको अधिकार दिने नेतालाइ मान्नै पर्छ । उ नेता देउतै हुन कमसेकम मतदाताको  हातमा एक अधिकारत दिएछ जो छ  मताधिकार । अहिले त यो मताधिकार पनि अंस माग्ने अधिकारमा परिणत भयो । भाडामा तम्सुक बनाउने जस्तै भयो ।  २००४ साल र २०१० सालमा भएको निर्वाचनलाइ नगन्ने हो भने  नेपाली जनताले मताधिकार प्रयोग गरेको लगभग  ६३ बर्ष भयोछ ।नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा राणा प्रधानमन्त्री पद्म सम्शेरले २००४ जेठ ३ गते गराएका थिए । यस अगाडि कुनै निर्वाचनको अनुभव नगरेको तर पहिलो  निर्वाचनमा महिला लाई मताधिकार थिएन। उपस्थित भएका पुरुष हरूले मत दिएर प्रतिनिधि छानिएको थियो। पछि २०१५ सालमा भएको निर्वाचनमा महिलाले मदतान गर्ने अधिकार पर्यो । २०१० भदौ १७ मा भएको काठमाडौ नगरपालिकाको निर्वाचनमा पहिलो पटक महिलाले पनि मतदान गर्न पाएका थिए ।  २००४ सालदेखि पटक पटक भएका निर्वाचन हेर्ने हो भने १६पटक नेपाली जनताले मतदान गरिसकेछन । अब आउने बैषाखमा हुनलागेको निर्वाचनमा नेपाली नागरिकले  सत्र पटक मतदान गर्दै छन र जनप्रतिनिधि छान्दै छन । राणाकालका राष्ट्रप्रमुख को थिए प्रधानमन्त्रि कोथिए लेखाजोखा नगरौ ।  देशमा राणाशासनको अन्त्यपछि प्रजातन्त्र कालमा अथवा गणतन्त्र स्थापना हुनुभन्दा पहिले ३६ र  गणतन्त्र स्थापना पछि १३ जना प्रधानमन्त्रि भएछन ।लगभग एक दर्जन भन्दा बढि ठुला कलकारखाना बन्द भए । लाखौ स्रमिकहरुले रोजिरोटि गुमाए । देश आत्मनिरभर बाट परनिरभर बन्दै गयो । नेपाली युवा बिदेश पलाएन भए । खेत बाझो रह्रो । बिदेशएका नेपालिले गाउँ छोडे गाउँ खन्जरमा परिणत बन्दै गए । धानफल्ने खेत बादरखेल्ने मैदान हुँदैगएका छन । हाल नेपालको वास्तविक चित्र यत्ति हो ।नेपालमा २००७ सालदेखि आजसम्म आउँदा जनताका नाममा धेरै आन्दोलन भए । प्रजातन्त्र स्थापना भयो । राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि राजनीतिक दलहरु आन्दोलित भए र कति नेताहरुले जेलनेल सहनुपरेको तितो सम्झना छ । राजनीतिक दलहरु मिलेर नै २०४६ सालमा जनआन्दोलन गरेर २०४७ सालमा संविधानको घोषणा गरेका थिए । सयौँ वर्षदेखि अधिकारको लडाइँ लडिरहेका राजनीतिक दलहरुको एक झुण्डले २०५२ सालदेखि सशस्त्र जनयुद्ध सुरु गरी गणतन्त्र स्थापनामा आफ्नो पार्टीको अहम् भूमिका रहेको दाबी गर्दै आएको छ । २०५८ सालमा भएको दरबार हत्याकाण्ड र तत्कालीन राजा ज्ञनेन्द्रले गरेको सत्ताकब्जाका कारण सात राजनीतिक दल एक भई ०६२/०६३ को जनआन्दोलन गरेर राजतन्त्रको अन्त्य गरेर छाडेका थिए । लोकतान्त्रिक गणतन्त्रको स्थापनाको निमित्त आन्दोलनमा लागेका सर्वसाधारणहरुले देश विकासको निमित्त पनि आन्दोलन गरेका हुन् ।

नेपालमा पहिलोपटक संविधानसभाको चुनाव २०६४ चैत २८ गते भयो । यसबाट नेपालमा नेकपा माओवादी प्रमुख पार्टी भएर उदाएको थियो । पहिलोपटक निर्वाचित संविधानसभाले संविधान नबनाई चार वर्षे कार्यकाल बिताएपछि पुनः २०७० मंसिर ४ गते नेपालमा अर्काे संविधानसभाको निर्वाचन सम्पन्न भयो । जुन संविधानसभाले निर्माण गरेको नेपालको संविधान २०७२ असोज ३ देखि लागू छ । नेपाल संविधानसभाबाट संविधान बनाउने विश्वको ४४औं मुलुक हो । २०५४ सालमा भएको स्थानीय निर्वाचन २०७४ सालमा आएर २० वर्षपछि मात्रै सम्पन्न भयो । ०५४ सालको दूधे बालकले आफ्नो मताधिकारको प्रयोग गरे । स्थानिय प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा उनै पुराना अनुहार पुरानै एजेण्डा बोकेर गाउँ  पसे   । गाउँको विकासका निमित्त सडक, खानेपानी, स्वास्थ्य चौकी, उच्चशिक्षा हासिल गर्न सकिने विद्यालयको स्थापना गरिदिने भन्दै भोट माग्न लागिसकेका छन् । गाँउ जादा माथि भनिएमा चुनाबि नारा कहिलै फेरिएनन् पार्टि फेरिए उम्मेद्वार फेरिय । २००४ सालदेखि हालसम्म नेपालमा राजनीतिक विकास भए पनि आर्थिक विकास हुनसकेको छैन । राजनीतिक व्यवस्था परिवर्तन भए सरकार फेरिए तर जनताले लोकतन्त्रको आभास गर्न पाएनन् । जनताले सुखद परिकल्पना गरी ०६२ र ०६३ जनआन्दोलन सकियो । आन्दोलनको गर्भबाट ६०१ जनाको जन्म भयो । ०६४ सालमा ६०१ जनाको लागि संविधानसभाको निर्वाचन गरियो । निर्वाचनबाट जनताका छोराछोरी गोठाला, खेताला पिछडिएका भनिएका सीमान्त समुदायका प्रतिनिधिहरु संविधान बनाउन पुगे । आफ्नो भेषभूषा र भाषामा शपथग्रहण गरे । जनताले नेपालको इतिहास फेरिने संकेतका रुपमा बुझेका थिए । यो विकास क्रम र राजनीतिक दाउपेचले गर्दा अब दश वर्षपछि नेपालका शिक्षित युवाहरुले नेपालमै रोजगारी पाउँछौँ भन्ने आशा निराशामा परिणत हुँदै गएको छ । न त माओवादीले भनेजस्तो जनवादी शिक्षा लागू गरियो न त अरु पार्टीको प्रगतिशील शिक्षा नै । पाच बर्ष पहिले  सम्पन्न स्थानीय निर्वाचनले जनताको जिवनस्तरमा खासै परिवर्तन आएन । गाँउमा अझै गुणस्तर शिक्षा स्वास्थ्य छैन यातायातका साधन गाउँ पुग्ने त कल्पना सम्म गर्न सकिएको छैन । पहिलो स्थानिए निर्वाचन भएको पाँच बर्ष पछि आउदो बैषाख तीस गते दोस्रो निर्वाचन हुँदै छ । पार्टिका नेता कार्यकर्ता फेरि पुरानै नारा बोकेर गाउँ पसेका छन । झुटो कतिबोल्न सकेका है । पहिलो स्थानीय निर्वाचनमा गरेका वाचा र अब गर्ने वाचा मिल्दाजुल्दा मात्र छन ।   स्थानीय निकायको निर्वाचन र प्रदेशसभा, प्रतिनिधिसभाको निर्वाचन भएको पाँच बर्ष बिति सक्दा पनि जनताले सामान्य समस्याबाट समेत मुक्ति पाउन सकेनन्  । आसै आषामा बाचेका नेपाली नागरिकले पालै पालो प्रत्यक पार्टिका प्रमुखलाइ सत्तामा त पुराए तर जनताले कहिले भनेजस्तो सुबिधा पाएन ।   अब जनताले मतदान  केका लागि गर्ने  ?

प्रतिक्रिया

छुटाउनुभयो कि?

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै...

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । 

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

  • पुलेसो
  • २०७९ जेठ १० मंगलबार
  • काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

    अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका...

    कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग