१३ जेठ, २०७९
    {
अन्तराष्ट्रिय / मनाेरञ्जन/ कला

अजयबाट मैले निर्देशन सिकेको छु : रोहित शेट्टी

  • पुलेसो
  • २०७८ चैत २७ आइतबार
अजयबाट मैले निर्देशन सिकेको छु : रोहित शेट्टी

काठमाडौं - बलिउडमा अजय देवगन र रोहित शेट्टी मिल्ने मित्र हुन् । बाल्यकालदेखि नै अजयको कम्पनीसँग जोडिएका रोहितलाई निर्देशनमा ल्याउने श्रेय अजयलाई नै जान्छ । 

रोहितको स्ट्रगलको समयमा अजयले फिल्ममा लगानीसँगै अभिनय गरेर उनलाई साथ दिएका थिए । उनीहरू असल मित्र मात्र हैनन्, एक अर्कालाई उत्तिकै सम्मान र इज्जत पनि गर्छन् । अजय देवगन फिल्म्सको आफूलाई एक सदस्य बताउने रोहित पछिल्लो समयका राम्रा निर्देशक हुन् । 

सानैदेखि मित्र रहेका अजय र रोहितले संघर्षका दिनहरूसँगै बिताएका छन् । यिनै रोहितले अजय सदैव निर्देशक बन्न चाहेको बताएका छन् । अजय निर्देशित ‘रन वे ३४’ को एक कार्यक्रममा बोल्दै रोहितले अजयको बारेमा केही खुलासा गरेका छन् । 

‘ 

अजय पहिलादेखि नै निर्देशक बन्न चाहन्थे र हामीले उहाँबाट धेरै काम सिकेका छौँ । तर, उनले अभिनेताको रूपमा आफूलाई अगाडि ल्याए र अहिले निर्देशनमा पनि अगाडि आउँदैछन् । उनी हाम्रो बलिउडको राम्रो टेक्निसियन हुन्,’ रोहितले भने । उनले अजयले फिल्मको प्राविधिक पक्षमा आएको परिवर्तनलाई सिक्दै अगाडि बढेको बताए । 

अजयले फिल्मको सब्जेक्टले तानेकाले निर्देशन गरेको बताए । फिल्ममा अजयसँगै अमिताभ बच्चन, राकुलप्रीत सिंह, क्यारीमिनाटी, बोमन इरानीलगायतका कलाकारहरूको अभिनय छ । सन् २०१५ मा जेट एयरवेजको दोहा–कोच्ची उडानका क्रममा भएको घटना प्रस्तुत गरिएको फिल्म ‘रन वे ३४’ इमोसनल र हाई ओक्टेन थ्रिलर फिल्म हो । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै...

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । 

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

  • पुलेसो
  • २०७९ जेठ १० मंगलबार
  • काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

    अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका...

    कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग