काठमाडौं - निर्देशक करण जोहरलाई लभस्टोरी फिल्मले बलिउडमा स्थापित गर्यो । कुछ कुछ होता है, कभी खुसी कभी गमलगायतका फिल्म उनको परिचय हो ।
उनले फ्यामिली ड्रामा र लभस्टोरीलाई न्यायपूर्वक पर्दामा उतार्दै आएका छन् । यद्यपि उनले गत वर्ष ‘घोस्ट स्टोरी’ को निर्देशन गरे । उनले पहिलोपटक हरर कथामा काम गरेका थिए । त्यसपछि उनले आफूलाई अन्य जनरमा पनि उतार्ने मनसाय बनाइरहेका छन् ।
‘रकी और पिंकीकी प्रेम कहानी’ निर्देशन गरेका करणले अब एक्सन फिल्म निर्देशन गर्ने भएका छन् । उनले तीन सय करोडको लगानीमा बन्ने फिल्मको कथामा काम गरिरहेको भारतीय मिडियाले उल्लेख गरेको छ ।
केही समय अगाडि मुम्बईमा भएको एक इभेन्टमा होस्ट गरिरहेका करणले पनि आफूले छिट्टै एक्सन फिल्म निर्देशन गर्ने बताएका थिए । उनले आफ्नो एक्सन डेब्युका लागि ऋतिक रोशनलाई चयन गरेका छन् । पछिल्लो समय ‘वार’ मा देखिएका ऋतिकलाई दर्शकले रुचाए ।
ऋतिकको एक्सन र डान्सलाई दर्शकले रुचाएकाले करणले उनलाई अनुबन्ध गर्ने तयारी थालेका हुन् । ऋतिकको ‘क्रिस ४’ पछि करणको फिल्म प्रदर्शनमा आउने भएकाले पनि उनलाई फाइदा नै हुनेछ । करणले फिल्मलाई स्तरीय बनाउन कुनै सम्झौता नगर्नेसमेत बताएका छन् ।
काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् ।
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।
काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।
प्रतिक्रिया