१३ जेठ, २०७९
    {
फिचर / सुदूरपश्चिम प्रदेश

प्रवास कारावास र बनवास

  • पुलेसो
  • २०७८ चैत १७ बिहीबार
प्रवास कारावास र बनवास

गोकुल निरौला
    नेपाली राजनितिमा  तीन ओटा कुराको खुब चर्चा हुने गरेको छ । प्रवास, कारावास, र बनवास । नेपाली काँग्रेसका नेता बिपि कोइरालाले प्रवासमै बसेर देश र जनताको लागि आन्दोलन गरे । नेकपा एमालेका नेता केपि ओलिले १४ बर्ष देश र जनताकै लागि कारावास काटे भने माओवादि नेता प्रचण्डले बाह्र बर्ष देश र जनताकै लागि बनवास बसे । के तिनै नेताले भनेको जनताको जिवनस्तर परिवर्तन भएको छ त ? देशमा महंगि गरिबी बढ्दै गएको छ । उत्पादक सिप मुलक शिक्षा लागुहुन सकेको छैन । बेरोजगारिले युवा तड्पि रहेका छन । देशले खाडिमुलुकमा युवा बेच्नेक्रम रोक्न सकेको छैन ।  भन्छन नि खोलाले बाह्र बर्ष पछि पनि आफ्नो रुप लिन्छ भनेर तर नेपाली राजनितिमा यो भनाइ असत्य साबित भएको छ । बाह्र बर्ष पछि पनि खोलाको ठाँउ घट्दै गएको छ ।  राजनिति इतिहासमा यी तिनै जनाको आफ्नै भुमिका छ । जनताको जीवनस्तर यी तिनै जनाले भने जसरि परिवर्तन हुन सकेको छैन । वरु जनताको जिवनस्तर हेर्न केपि सरकारले करोडौ खर्चेर ठाँउ ठाँउमा भ्युटाउर बनाइ दियो । देश परिवर्तन भएको भ्युटावरको टुप्पोमा गएर मजाले हेर्न सकिन्छ । पछिल्लो राजनितिक परिवर्तन पछि भएको बिकास भनेकै महंगि र भ्युटावर त हो । नेपालमा १०४ बर्ष राणाहरुले शासन गरे दुई सय बर्ष राजाले शासन गरे । ७१ बर्ष यो देशमा प्रजातन्त्र स्थापना भएको भयो भने १४ बर्ष लोकतान्त्रिक गणतन्त्र  स्थपना भएको पनि भइसकेको छ । राणहरुले आफुलाइ शासक बनाए र राजालाइ निस्कृपारे । प्रजातन्त्र आएपछि जनताको आधिकार जनताले पायो भनियो तर राष्टप्रमुख राजा रहने ब्यवस्था बनाइयो । अहिले चौध बर्ष देखि जनता मालिक बनाइयो र राष्ट्रप्रमुख जनताका छोरा छोरी भनियो अहिले राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति छन । माथि भनिएको राजनितिक घटना क्रम लाई बिकास भन्नेकि ? तर नेपालमा भएको बिकासक्रमलाइ हेर्नेहो भने प्रजातन्त्र स्थापना पछि दिगो बिकासका आयोजना भने भएको देखिदैनन् । औठा छाप भनिएका राजनितिका चतुर खेलाडि जंगबहादुरले तराइका चार जिल्ला फिर्ता पायो तर अहिलेका सक्तिसालि गठबन्धन सरकारका सक्तिसालि प्रधानमन्त्रिले ल्याएको नेपालको चुच्चे नक्का नेपाली बिद्यार्थीले समेत पढ्न पाएन । दिगो बिकासको कुरा गर्ने हो भने राणाकालमा नै बिद्यालय खोल्न सुरु गरिएको हो ।दरबार हाइस्कुलमा जनताका छोेाछोरि पढ्नपाउने ब्यवस्था मिलायो ।

विभिन्न कुप्रथा हरु राणाहरुकै सासनकालमा हटाइए । छापाखान राणहरुलेनै भित्रयाए । अबिवाहित  छोरिलाइ अंसको व्यवस्था देखि टेलिफोन, बिजुलि, सुरुङमार्ग, रोप्वे,जनगणना बैंक स्थापना कन्यापाठसाला पहिलो जलविद्युत  आयोजना देखि पहिलो सम्बिधान राणहरुकै पालामा भएका हुन । तर २००७ सालपछि स्थापना भएका ठुला आयोजना अलपत्र अबस्थामा छन । २०३४ सालमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले बबई सिंचाइ आयोजना,२०३२/३३ सालमा पूर्वसम्भाव्यता अध्ययन भएर सिक्टा सिंचाइले आयोजनाको रूप लिएको ४५ वर्ष पूरा भएको छ । रानिजमरा, महाकालि सिचाइ, पश्चिमसेति जलविद्युत लगाएत देशमा ठुला गौरबका आयोजना अलपत्र छन ।  नेपाली युवाहरु बिदेशिन बाट रोक्न सकेको छैन ।  जनतामा आसाभन्दा निरासा बढ्दै गएको छ । राजनितिक दलहरु प्रवास कारावास र बनवासको ईतिहास सुनाउदै निर्वाचनमा गइरहेका छन ।  दलहरुले राणाकालमा सुरुगरेका बिकासका आयोजनालाइ निरन्त्रता दिनुको साटो आयोजनानै  बन्द गराइ दिए । उदाहरणनै लिनेहो भने हेटौडा काठमाण्डौ जोड्ने रोप्वेको आवस्ता हेरे हुन्छ ।  राजनिति दलहरुले राणा र राजालाइ गालि गरेर देशभक्ति कमाए भने  नेपालका उद्योग धन्दा बन्द गराएर युवा हरुलाइ बिदेश पलाएन गराइ रहे । २००७ सालको जनक्रान्तिले जहानियाँ राणा शासनको अन्त्य गर्दै नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराउने ढोका खोलेको हो। तर, प्रजातान्त्रिक व्यवस्था दस वर्ष पनि टिकाउ भएन। राजा महेन्द्रको बढ्दो महत्त्वकांक्षाका कारण २०१७ सालमा प्रजातन्त्रको कू भयो र निरंकुश पञ्चायती व्यवस्था लागू भयो। पटक-पटक भएका संघर्षको परिणामस्वरूप ०४७ सालमा प्रजातन्त्रको पुर्नस्थापना भए पनि आन्दोलनका सहयात्री दलहरूबीच लगत्तै सत्ताका लागि खिचातानी सुरु भइहाल्यो। सामान्य बहुमत ल्याएको सत्ता पक्षको व्यवहार सबै जितेजस्तो देखियो भने प्रतिपक्षमा दलमा धैर्यता देखिएन। जुन अहिले सम्म राजनिति दलहरुले देखाउन सकेको छैन । प्रतिपक्षी दलले विरोधको नाममा सदन र सडक सबैतिर संघर्ष चलायो जसका कारण सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलको सम्बन्ध तिक्ततापूर्ण रह्यो। २०५२ सालमा माओवादिको जन्म भयो देश आन्तरिक द्वोन्दमा फस्यो । काङग्रेसले १०४ बर्षे राणा शासन ढलेको दम्व र माओवादिको दुई सय बर्ष पुरानो राजतन्त्र ढालेको दम्व मिल्नु संयोग मात्रै हो । बिकासका आयोजना भने जनताको मन बुझाउने गरि भएनन् । भारतमै बसेर नेपालको राजनिति आन्दोन गर्ने बिपि देखि प्रचण्ड सम्मले भारतको बिकासको मोडल चोर्न सकेन । उल्टो १४ बर्ष जेल बसेका नेता केपि ओलि र बाह्र बर्ष जंगल बसेका प्रचण्डले जनतालाइ देशभक्ति देखाउने खाटि क्रान्तिकारि काम गरेको भन्दै मादल बजाए । केपिले भनेको हावाबाट बिजुलि हावामै उछ्यो भने युद्धकोबेला प्रचण्डले भनेको ब्रुजुवा  शिक्षा निति बदल्न सकेन । तराइको एक आध सहर बाहेक पहाडका गाउँ बस्तिमा खानेपानि, बिजुलि, यातायात भन्दा पनि घोरेटो बाटो समेत बन्न सकेको छैन । स्वास्थ्यको स्थिति डर लाग्दो हुँदै गयो भने दुई शिक्षा नितिले सहरिया शिक्षा र गाँउले शिक्षाले दुरि बढायो । यस्को समाधान भारत बसेका नेता देखि जेल बसेका नेताले निकाल्न सकेन । गणतन्त्र स्थापना पछिको पहिलो स्थानिए निर्वाचन भएर पनि दोस्रो निर्वाचनयहि आउदो बैसाखमा  हुदैछ । नेताहरुले फेरि एक पटक प्रवास काराबास र जंगलबास बाट आर्जेको प्रजातान्त्रिक गणतन्त्र हो भन्ने दिन आएको छ । जनताको जीवन स्थरको खल्लो भासण लिएर नेताहरु भोटकिन्न गाँउगाँउ व्यापारी बनेर गएका छन । जनता बेचिने सामान । गणतन्त्र स्थापना पछि पाँचौ पटक हुन लागेको यो निर्वाचनमा नेता हरुले वनबास काराबास र प्रबासको कुरा गर्नु भन्दा देश बिकासको साच्चिकै खाका कोर्ने कि । प्रजातन्त्र स्तापना पछि धेरै पटक निर्वाचन भए । निर्वाचनमा देश र जनताको बिकासका लागि भनेर भोट माग्ने काम गरियो भने प्रतिपक्षमा हुँदा संसदमै आन्दोलन पनि गरे ।  धान निर्यात गर्ने नेपालले कोदो आयात गर्दै छ । आफ्नो देशमा फलेको स्याउ खेतमै कुहियो तर बिदेशि ब्राण्डका रक्सि गाउँ गाउँ सम्म पुगेका छन । स्वदेसि उत्पादन बन्द गरियो । के देशको बिकास बिदेशले मात्र गर्छ त ? सोच्नु पर्ने बेला आएको छ । नेपाली युवा हरुलाइ स्वोदेसमै काम लगाउन बेरोजगारि घट्दैन त । राजधानि केन्द्रित नेता र सहरकेन्द्रित कार्यकर्ता ले गाँउको बिकास गर्न सक्दैन भन्ने कुरा दलहरुले बुझ्नु जरुरि छ । निर्वाचनको बेला मात्र गाउँ जाने नेता कार्यकर्ताले गर्ने भनेको प्रवास कारावास र बनवासको कुरा मात्रै हो । आउदै गरेको बैषाख महिनामा हुने  निर्वाचनमा काराबास, बनवास, प्रवासका कुरा भन्दा मोटर गुड्ने बाटो, आस्पताल लैजान एम्बुलेन्स र गरिब र धनिले खाने खाना र पढ्ने बिद्यालय एउटै बनाएको भासण सने कस्तो होला । यतातिर सोच्ने कि ? प्रवास, कारावा र बनवासको इतिहार रटान मार्ने छोटे राजनकै जिम्मा ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै...

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । 

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

  • पुलेसो
  • २०७९ जेठ १० मंगलबार
  • काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

    अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका...

    कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग