एजेन्सी
न्युयोर्क - कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र सर्वसाधारणमा चिन्ता बढ्दै गइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो ।
बिहीबार प्रकाशित तीन ओटा अनुसन्धानका सारअनुसार दैनिक दुईदेखि तीन कप कफी पिउनाले मुटुसम्बन्धी रोग, हृदयघात वा मुटुसम्बन्धी समस्या वा कुनै पनि कारणले चाँडो मृत्यु हुने खतरा १०% देखि १५% सम्म कम हुन्छ ।
अध्ययन समूहका वरिष्ठ लेखक डा. पिटर एम किस्लरले एउटा विज्ञप्तिमा भनेका छन्, ‘कफीले मुटुको धड्कन तीव्र पार्ने हुनाले यो पिउँदा मुटुसम्बन्धी समस्याहरू निम्तिन सक्ने भन्दै कोही चिन्तित छन् । कफी पिउन बन्द गर्ने सामान्य चिकित्सा सल्लाह यहीँबाट आउन सक्छ ।’
सबै तीन अध्ययनहरूमा, किस्टलर र अन्य अनुसन्धानकर्ताहरूले यूके बायोबैंकको तथ्यांक प्रयोग गरेका थिए । यसले कम्तिमा १० वर्षको ५ लाख भन्दाबढी मानिसहरूको स्वास्थ्य अवस्था देखाउँछ । यी अध्ययनका लेखकहरूले कफी पिउने र मुटुको समस्या (एरिथमिया) र हृदय रोगबीचको सम्बन्ध पत्ता लगाउन खोजेका थिए ।
काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् ।
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।
काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।
प्रतिक्रिया