१३ जेठ, २०७९
    {
अन्तराष्ट्रिय / मनाेरञ्जन/ कला

एक्सन अवतारमा आउँदै सामन्था

  • पुलेसो
  • २०७८ चैत ०७ सोमबार
एक्सन अवतारमा आउँदै सामन्था

एजेन्सी

काठमाडौं - अभिनेत्री सामन्था रुथ प्रभु आगामी फिल्म ‘यशोदा’को तयारीमा जुटेकी छन् । यो फिल्ममा उनले धेरै स्टन्ट दृश्य दिँदैछिन् । यसका लागि उनले हलिउडको स्टन्टमेनबाट तालिम लिँदैछिन् ।

समाचारअनुसार उनलाई हलिउडका स्टन्टमेन यानिक बेनले तालिम दिनेछन् र उनको कोरियोग्राफ पनि गर्नेछन् । यसअघि सामन्थाले यानिकका साथ प्रख्यात वेब सिरिज ‘द फेमिली मेन २’ मा काम गरेकी थिइन् । फिल्ममा सामन्थाको प्रमुख भूमिकामा अभिनय रहनेछ ।

फिल्मको निर्देशक हरि-हरीश जोडीले गर्दैछन् । उनीहरु यो फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । श्रीदेवी मुभिजको व्यानरमा बन्ने फिल्मको निर्माण शिवलेंका कृष्ण प्रसादले गर्दैछन् ।साइन्स फिक्सन थ्रिलर फ्लेभरको फिल्मको बजेट निकै महंगो रहने बताइएको छ ।

 

फिल्मको हिन्दी भर्सनमा बढ्दो लोकप्रियतालाई मध्येनजर गर्दै पेन इण्डियाले यसलाई बलिउडमा रिलिज गर्नेछ । फिल्म तेलुगु, तमिल, मलयालमसँगै कन्नडमा पनि रिलिज हुनेछ ।

सामन्था गत वर्ष डिसेम्बरमा रिलिज अल्लू अर्जुन र रश्मिका मन्दानाको फिल्म ‘पुष्पा द राइज’को आइटम गीत ‘ऊ अँटावा’का कारण चर्चामा थिइन् । यो गीतपछि उनलाई धेरै बलिउड फिल्मबाट अभिनयको अफर आएको थियो ।

सामन्थाले आफ्नो करियरको सुरुवात मोडलिङबाट गरेकी थिइन् । त्यसपछि उनले सन् २०१० मा रिलिज फिल्म ‘ये माया चेसावे’बाट तेलुगु फिल्म उद्योगमा पाइला चालेकी हुन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै...

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । 

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

  • पुलेसो
  • २०७९ जेठ १० मंगलबार
  • काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

    अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका...

    कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग