काठमाडौं - दक्षिण भारतीय अभिनेता प्रभास फिल्म ‘सालार’ को सुटिङ सेटमा घाइते भएका छन् ।
घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सामान्य सर्जरी गरेपछि उनी खतरामुक्त भएको र केही दिन डाक्टरले प्रभासलाई आराम गर्न भनेका छन् । प्रभास घाइते भएको खबर सार्वजनिक हुनासाथ उनका फ्यानहरू चिन्तित भएका थिए ।
हालै मात्र प्रभास फिल्म ‘राधेश्याम’ मा देखिएका थिए । यो फिल्मले बक्स अफिसमा खासै कमाल देखाउन सकेन । फिल्मको हिन्दी भर्सनले हालसम्म १९ दशमलब २५ करोडको व्यापार गरेको छ ।
प्रभासको ‘सालार’ आगामी १४ अप्रिलमा रिलिज हुँदैछ । तेलुगु र कन्नड भाषाको यो फिल्ममा उनको अपोजिटमा श्रुति हसन छिन् । फिल्मको बजेट एक सय ५० करोड छ ।
काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् ।
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।
काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।
प्रतिक्रिया