१३ जेठ, २०७९
    {
फिचर / सुदूरपश्चिम प्रदेश

राम भरोसे हिन्दू होटल ।

  • पुलेसो
  • २०७८ चैत ०३ बिहीबार
राम भरोसे हिन्दू होटल ।

गोकुल निरौला
फेरि एक पटक धेरै समयपछि केहि लेख्न मन लाग्यो । लेख्न त सधै मन लाग्छ तर लेख्ने बिषय सोच्दा एउटै बिषय  दिमागमा आउछ मेरो देश र यो संग जोडिएका धेरै पिडा दुख ।सोच्न पनि कति सोचिन्छ भन्या । देशको बारेमा सोचौ भने  रात भरि निद्रा पर्न छोडिसक्यो । चिया  पसलमा बसेर एक सुर्को चिया मागौनत भन्यो राजनितक गफले हैरान । टेसन फ्रि गरौन त भनेर भट्टि पस्यो एक प्याला मागुन्जेत एक हुल फन्टुसको कचकच । एक हुल भन्छन एम सिसि ठिक अर्को थरि बेठिक हैरानि खेपेर घर फर्क्यो बुढाबुढि गन्थन । मेरो एक जना मित्र केहिदिन देखि चुनाबि मैदानमा हुमिनु भएको रहेछ । मलाइ फोन गरेर सल्लाहा माग्दै थियो । निरास हुँदै भनिदिए भाइ यो देश  राम भरोसे हिन्दु होटल  जस्तै हो  । तिमिलाइ चिट्ठा पर्न सक्छ । एमसिसिले धेरेैको दिमाक हल्लाइ सकेको छ हेर भाइ जो जिता उहीँ सिकन्धर भन्छन नि त्यस्तैहो मेरो मात्र होइन सबै भुइ मान्छेको सहयोग माग यत्ति भने फोन काटे ।  अँ मैले राम भरोसे हिन्दु होटल त भने तर यो किन भनियको रहेछ भनेर जान्ने बुझ्ने मान्छे खोज्दै र सोद्धै गए । चित्त बुझ्दो उत्तर कसैबाट पाउन सकेन ।  यो राम भरोसे हिन्दू होटल  भन्ने भारतमा प्रचलित ऊबखान हो । जतिबेला भारत फिरिङ्गिको कब्जामा थियो त्यतिबेला देखि सुनिदै आएको रहेछ । भारतमा    राष्ट्रियता को भाव जाक्दै गएपछि फिरिङ्गि हरु हार्दै गए र अब हिन्दु हरुसंग नसकिने भयो भन्ने भएपछि 1915-20 तिर यो भनाइ प्रचलित भएको रहेछ । जुन हामी अहिले पनि भन्दै र सुन्दै आएका छौ । तपाईं मलाइ स्वार्थि मतलबि भने भन्नुस । नेपाललाइ हेपाहा दृष्टिले सिमावर्ति भारतिए पडसिले भन्ने गर्छन सुर्य अस्त नेपाल मस्त । अब तपाइनै भन्नुस हामी राम भरोसे हिन्दू होटलमा रमाउदै  छौ कि सुर्य अस्त नेपाल मस्तमा रमाउदै छौ ।


नेपलाको अहिलेको अवस्ता पनि राम भरोसे हिन्दू होटलको जस्तै भएकोछ । खाना खायो मन लागे खानाको पैसा तिर्यो मन नलागे हिड्यो कसैले केही भन्ने सोध्ने छैन । जयहोस राम भरोसे हिन्दू होटल । आज भन्दा पाँच बर्ष पहिले भएको निर्वाचनले घर घरमा सिंह र गाउँ गाँउमा दरवार ल्यायो । दरवार पनि यति टिकाउ र सुन्दर ल्यायोकि निर्माण भएको एक बर्षमै छाना चुहिने भयो । सिह हरुको राज चलिरहेको छ । फेरि बैसाखको अन्तिम दिन हुने भनिएको निर्वाचनले एउटा नया सिह जन्माउने छ ।  निर्वाचनले नै हो कोहि देश चलाउने हुन्छन् । कोहि कोहि अर्थतन्त्रको बारेमा ठुला ठुला गफ गर्ने देखि देशको कायापलट गर्ने सोच राख्ने बगमफुसे हरु त्यत्रो ठुलो गफ गर्नेहरुले केहित केही त गर्लान नि यो देशको लागि म भने आफ्नै बारेमा सोचिरहेको छु । तपाईं मलाइ स्वार्थि मतलबि भने भन्नुस । नेपाललाइ हेपाहा दृष्टिले सिमावर्ति भारतिए पडसिले भन्ने गर्छन सुर्य अस्त नेपाल मस्त । अब तपाइनै भन्नुस हामी राम भरोसे हिन्दू होटलमा रमाउदै  छौ कि सुर्य अस्त नेपाल मस्तमा रमाउदै छौ । केही दिन पहिले बिरोधका बिच आमेरिकि आर्थिक सहयोग परियोजना एमसिसि संसदबाट पास भयो । संसदमा बहस गरिदै गर्दा सडकमा नारा जुलुस भय धैरै आन्दोलनकारि घाइते भए । आखिर के का लागि ? नेपालमा पहिलो सन्धि सम्झौला भनेकै सुघौलि सन्धि हो । जुन सन्धि भएको आज २०६ बर्ष पूरा भैसकेछन ।  सुगौली सन्धिपछि नेपालको एकीकरण अभियानमा पूर्णविराम लाग्यो ।  बिकासकै लागि भनेर गरिएका सन्धि सम्झौला पनि नभएका होइनन् । गण्डक सम्झौता, माहाकालि सन्धि, लघाएतका सन्धि सम्झौता गर्दापनि नेपालि जनता दुखित भएका थिए । सुगौलि सन्धि पछि नेपालमा भएका सन्धि सम्झौताका कुरा गरौ । छिमेकी मुलुक भारतसँग भएका यी यावत प्रकारका सन्धि–सम्झौतामा नेपाली जनता कोही पनि सहमत छैनन् । यो सबै कारण हाम्रा विवेकशून्य नेता एवम् सत्ताधारीहरुको भारतसँग आत्मसमर्पण र लम्पसारवाद नै हो । नेपाल सरकारले २०११ सालमा देशको चरम हित विपरीत भारत सरकारसँग कोशी बाँध योजना सम्बन्धी सम्झौता गरेको हो । यो सम्झौता गर्दा पनि नेपाली जनता बिरोधमै उत्रे । यस्तै वि.सं. २०१६ मङ्सीर १९ गते बीपी कोइरालाको नेतृत्वमा रहेको श्री ५ को सरकार र भारत सरकारकाबीच गण्डक सिंचाइ तथा विद्युत् योजनाबारेमा सम्झौता भएको थियो ।  गण्डक सम्झौता गर्नुहुँदैन भनेर तत्काल देशव्यापी विरोध प्रदर्शन भएको थियो ।  २०४६ सालमा तल्कालिन  प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको टनकपुर सन्धिले भयो  । देशको हित विपरीत टनकपुर सन्धि गरेरको भन्दै गिरिजाप्रसादको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा पर्‍यो । अदालतद्वारा सन्धि गरेको प्रमाणित भयो ।टनकपुर सन्धि को दस पर्ष पछि सेरबहादुर देउवाले   २०५४ सालमा महाकाली सन्धि पारित गर्‍यो । सन्धिको बिरोध गर्दै नेकपा एमाले फुट्यो । महाकाली सन्धि अनुमोदन भएपछि नेपाललाई प्रतिवर्ष १ खर्ब ५० अर्ब रुपियाँ लाभ हुन्छ भनेर प्रचारवादी गरियो । सन्धि भएको २४ बर्ष बितिसक्दा पनि  महाकालि नदिमा पानी मात्र बगिरहेको छ । सिमावर्ति महाकालि नदि किनारका बासिन्दाले वर्षादको समयमा दुख पाउनु बाहेक केही उपलब्धि भएको छैन । महाकालि सन्धि भएको २४ बर्ष भछि भएको एमसिसि सम्झौताले नेपालले कति फाइदा लिनेहो हेर्न बाकिनै छै । सेरबहादुर देउवा प्रधनमन्त्रि भएकै बेला भएका सन्धि सम्झौताले एक पटक पार्टि टुक्राउन सम्म काम गर्यो भने हाल  हाल भएको सम्झौतामा अन्य दलहरुले बिरोध मात्रै जनाए । देउवाले भने उपलब्धिनै ठानेका छन । हुनत पश्चिम सेती परियोजना अलपत्र छ । मेलम्चिले अझै पुर्णता पाएको छैन । पन्चेश्वर परियोजना अलपत्र छ । त्यसैले भन्न मन लागेको छ राम भरोसे हिन्दू होटल । फिरिङ्गि हरुले भारतिए जनताको बिश्व जित्न सकेन भारतिए नागरिक एकजुटबभ राम भरोसे हिन्दू होटल प्रचारमा ल्याए । आफ्नो देशको बिकास आफैले गरे । नेपाली राजनेता भन्ने हरु अझै सन्धिर सम्झौतामै बहस गरिरहेका छन । बिगतमा गरिएका सन्धि सम्झौताले देशलाइ कति घाटा कति फाइदा गर्यो हिसाब किताब कसैले गरेन । राजेस्थान बाट  कोदो र चिन बाट जनै आयात गर्नमै दिन ठिक्क ।निर्वाचन नजिकिदै गर्दा  एका तिर नेपालका युवा जनसक्ति बिदेस पलाएन हुदैछन । दैनिक जसो भारत देखि खाडिमुलुक जाने नेपाली युवा हरुलाइ निर्वाचनले छोएको छैन । खोला नाला बेचेर देश बनाउछु भन्ने राजनितिक दल हरुले युवा बेचेर देश बिकास गर्दै छ । अब एमसिसि लागू भएपछि देशले मुहारफेर्छकि ? निरास हुँदै फेेरि भन्न मन लाग्छ  देश बिकासको नाममा राम भरोसे हिन्दु होटल नहोस । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै...

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । 

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

  • पुलेसो
  • २०७९ जेठ १० मंगलबार
  • काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

    अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका...

    कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग