गोरखा - नेकपा (एकीकृत समाजवादी) का नेता एवं स्वास्थ्य मन्त्री बिरोध खतिवडाले एमालेले राप्रपासँग चुनावी गठबन्धन गर्न गृहकार्य गरिरहेको बताएका छन् ।
मंगलबार गोरखामा पत्रकारहरुसँग कुराकानी गर्दै नेता खतिवडाले भने, ‘कम्युनिष्ट भएर पनि कांग्रेससँग गठबन्धन गर्यो भनेर माधव नेपाल र प्रचण्डलाई विभिन्न टिप्पणी आइरहेको छ ।'केपी ओली नागार्जुन (पूर्वराजा) र राप्रपासँग गठबन्धनका लागि धाइरहेका छन् । आगामी चुनावमा ओलीले पनि राजावादीसँग गठवन्धन गर्दैछन्, गरेनन् भने म दुइटै त भन्दिनँ मेरो एउटा कान चाहिँ काटेर फाल्दिन्छु ’ उनले भने ।
बाम दलहरुविच गठवन्धन हुन सक्ने भन्दै उनले एमालेसँग भने एकिकृत समाजवादी मात्र नभै अहिलेको ५ दलीय गठवन्धनका कुनै पनि दलले सहकार्य नगर्ने दावी गरे । ‘सक्दाखेरि गठबन्धन गरेको राम्रो, तर सबै स्थानीय तहमा सकिन्न । उप महानगर र महानगरमा भने गठबन्धन गरेर जाँदा सहज हुन सक्छ’, उनले भने ।
कांग्रेससँग चुनावी गठबन्धन नभएमा जनमोर्चा, माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुबीच वाम गठबन्धन हुन सक्ने उनले बताए ।
काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् ।
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।
काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।
प्रतिक्रिया