१३ जेठ, २०७९
    {
फिचर / सुदूरपश्चिम प्रदेश

उहिलेका गाउँ अहिलेका इस्कुल ।

  • पुलेसो
  • २०७८ फागुन १४ शनिबार
उहिलेका गाउँ अहिलेका इस्कुल ।

गोकुल निरौला ।
     केहि दिन देखि देशको हालत अलि खस्तानै छ । संसदमा रस्साकस्सि चलिरहेको छ । गाँउमा दुइ हात जोरेर लहरै पङतिका पंङति के जाति मानिरको घुइचो लाग्न लागिरकेको छ । ती मानिसका पंङतिले देशको मुहार फेर्ने सुनौलो सपना संगै फेरि एक पटक गाँउका भुइमान्छे हरुका अगाडि मजाक उडाइ रहेका छन । भुइमान्छेहरु ती तातिमा देखिने भ्यागुत्ते भुडि भएका  नेतालाइ देखेर नजानिदो पारामा मुन्टो हल्लाउछन । भुइमान्छे सोच्दै छन नयाँ अनुहारले फेरि पुरानै सपना बेच्दैछ । हामिले गर्नेपो के ? नखाउ भने दिन भरिको सिकार , खाउभने कान्छा बा को अनुहार । थुक्क लाछि जिन्दगि ! यी र यस्तै कुरा कल्पना गरिरहेका छन अचेल गाउँ घर तिर । अस्ति मात्र म मेरो जन्म गाउँ बझाङ गएको थिए ।

गाँउमा आउने निर्वाचनको पनि कुरा चल्दै थियो । भन्दै थिए (लाटा यो जुगलै उसै गयो )  मैले पनि सोचे साँच्चै परिवर्तन गर्छौ भनेको पनि जुग भैसकेछ । अझै पनि  भन्दैछन परिवर्तन गर्छौ । खासमा नेपालका राजनितिक दलहरुले गर्न खोजेको परिवर्तन चै के रहेछ ? व्यबस्ता परिवर्तन, शासन परिवर्तन, देसको संरचना परिवर्तन,  साँध सिमा सम्म परिवर्तन भैसकेछ ।  तर जनताको जीवन परिवर्तन खोइ ? देशको अवस्था र राजनितिक चरित्रका बारेमा अलि पछि भनौला अब कुरा गरौ  हेडलाइनमा लेखे जस्तो ऊहिलेको गाँउर अहिलेको इस्कुलको । मेरा हजुरबा उहिलै परलोक जानुभो । मलाइ सम्झना छ । हजुरबा भन्नु हुन्थ्यो बाबु बाटो हेरि गाउँ बुझ्नु,ढुङगा हेरि देउता पुज्नु । भन्नुको अर्थ केहो भने उहिले हजुरबाका पालामा गाँउमा ट्याइलेट हुदैन थे ।

मानिस हरु बाटोको छेउमै दिशा बस्थे र गाँउजाने बाटोनै हिडि नसक्नु हुन्थो । तर ठुलो ढुङगा माथि सौच बस्दा रैनछन । ठुलो ढुङगा माथि बसेर सौच गरे देवता रिसाउछ भन्दा रैछन ।आफै हिड्ने देखिने बाटो यत्रो विधि फोहर गरेर नदेखिने देउता संग किन डराएका होलान हजुर बा का पालाका मान्छे । म अहिले परिवर्तित देशको हालत देखेर सोचमग्न हुन्छु ।  साच्चै परिवर्तन भएकै हो त गाठे  ? ए जाबो परिवर्तन त हो, भैसक्यो नि । उ बेला नदेखिने देवता संग मानिस डराउथे अपराध गर्दैन थे, अहिले देखिने पुलिस प्रसासन, शासन व्यबस्था संग पनि मानिस डराउदैनन् । यो भन्दा परिवर्तन के हि होला छ ताटा भन्दाहुन मेरा हजुर बा जिउदा भैदिएका भए । अ लेख्दा लेख्दै कुरा कता मोडियो पत्तै पाएन ।

कुरा सुरु गरौ बिद्यालयबाट । बिद्यालय भनेको देशको भबिश्य भनाउने योद्दा जन्माउने थलो हो । ज्ञन गुन अनुसासन दायर बहुत कडा हुन्छ इस्कुलमा  । गुरु अर्थाल शिक्षकलाइ देख्ने बित्तकै दुइहात जोरेर डण्डवत गर्नु पर्छ । गुरुको आगाडि आँखा सम्म जिम्काउनु हुदैन । यो त उहिलेको कुरा रैछ । हुनत हाम्रो पाला सम्म इस्कुलमा खुब कुटाइ खाइन्थ्यो र हेडसर देख्ने बित्तेकै हामी सतर्क मोडमा हुन्थ्यौ । अहिले यस्तो हुदैन ।

केहिदिन पहिले म कञ्चनपुरका केही सरकारि बिद्यालयमा जाने मौका पाएको थिए । बिद्यालयमा भौतिक संरचना पहिलेको भन्दा धेरै सुधार भएपनि पढाइ र अनुसासन भने खस्कदै गएको रहेछ । बिद्यालयका चौर भरि पान परागका खोस्टा, दिवाल भरि पराग खाएर थुकेको रातो कलर, ट्याइलेटमा चुरोट र परागका खोस्टाले जाम भएको । लाग्छ त्यो ट्याइलेटले सौच बसेपनि पानी नपाएको बर्षौ भयो । अब सोच्नुस मेरा हजुर बाले भनेको  बाटो हेरि गाउँ बुझ्नु भनेको कुरा बुझ्नु भयो होला ।  हजुर बा ले भनेको कुरा के हो भने बाटोमा दिशा गरेको छ भने माथि गाउँ त आयो तर त्यो गाँउमा सभ्य र शिक्षित मानिस बस्दैनन् भन्ने नै हो । यस्तै हालत अहिलेका सरकारि बिद्यालयको भएको छ । सरकारि बिद्यालय  मात्र होइन सरकारि निकाएका भवन हरुमा हजुर बा ले भने जस्तै शिक्षित मानिर बस्दैनन कि भन्ने भान हुन थालेको छ ।

 सरकारि बिद्यालय बाट या गैर सरकारि बिद्यालय बाट पढेर गएका हरुनै यो देशका नीति निर्माता हुन्छन । जुन पाठमालामा बिद्यार्थी अनुसासित छैनन् तिनी बिद्यार्थी पछि कसरी अनुसासन सिकाउलान ? देश कसरी परिवर्तन गर्लान । के बिद्यालय साफा राख्ने जिम्मा बिद्यार्थी को होइन र ?  हुनत सरकारि बिद्यालयमा बिद्यार्थी हरुलाइ मात्र दोस दिएर नहुदो रैछ । बिद्यालय  व्यवस्थापन, बिद्यालय  प्रसासन सार्है हेलचक्राइ हुदो रहेछ । यस्को सुधार नभए सम्म बिद्यार्थी  र बिद्यालय  सुधार हुन सक्दैन । बिद्यालय  र व्यवस्थापन सुधार गर्न देशको शैक्षिक नीति सुधार हुनु जरुरि छ । शैक्षिकनिति सुधार गर्न नयाँ अनुहार पुरानो सपना बोकेर  मात्रै सरकारमा जान्छ  ।

सुन्दर सान्त भनिएको देश फोहरको डङगुर भैसकेको छ । बिकासका नाममा पहाडका डाँडामा डोजर कुदाए पुग्ने  दरिद्र मानसिकता बोकेका हरुले बिद्यालयमा सिपमुलक सिक्षाको सुरुवात गरे जनताको जिवनमा परिवर्तन हुन्छ भनेर कहिलै सोच्न सकेन ।  राजनिति गर्ने सुकिला मानिसले यो सोच्नु आवस्यक छ । हुनत नेपाल सरकारले लगानि लगाएका बिद्यालय मात्र होइनन् स्वास्थ्य संस्थाको हालत पनि यस्तै भएको छ । सरकारि कार्यलमा मात्र  किन यति बिघ्न फोहर हुन्छ । किन सरकारि कार्यलयमा कुनै राम्रो व्यबस्थापन गरेको हुदैन ? हाकिम साहेबको कोठा बाहेक अरुको कोठामा किन कर्मचारि अनुसासित हुदैनन् ? मानिस हरुको  सरकारि संस्था प्रति बिश्वास घट्दै गएको छ । जसरि हजुर बाको पालामा गरिने ढुङगा प्रतिको देवताको बिश्वास मेरो पालामा कम हुँदै गएको छ । सरकारि संस्थाहरु प्रति जनताको बिश्वास जगाइ राख्न सरकार बलियो हुनु पर्दैन र ?

निजि बिद्यालयका संचालक शिक्षामन्त्रि र निजि स्वास्थ्य संस्थाका संचालक स्वास्थ्य मन्त्रि हुने मेरो देशमा ढुङगा लाई देवता मान्नु बेर्थै होइन र ? टोल टोलमा निजि शैक्षिक संस्था खुलेका छन सरकारि बिद्यालयमा बिद्यार्थी हरु कम हुँदै गएका छन । यो बिसय प्रति कसैको चासो देखिदैन ।   गरिव जनताका छोरा रोरि पढ्ने सरकारि बिद्यालय लाई पछाडि पारेर हुने खाने का छोरा छोरी पढ्ने निजि बिद्यालय खोल्दै जानेहो भने के राजनितिक दलहरुले भने जस्तो देशमा परिवर्तन होला त ? कामरेड हरुले भनेजस्तो गरिव र धनि बिचको खाडल पुरिएला त ?  अनेक प्रस्नले गाँउमा चुनाबि बादल मडारि रहेको छ ।  हजुरबाको पालामा भएको बाटोको फोहोर नातिको पालामा सफा भए जसरि सरकारि संस्था प्रति जनताको बिश्वास बढाउन कार्यलय सफा गर्ने कि ? 

 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै...

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । 

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

  • पुलेसो
  • २०७९ जेठ १० मंगलबार
  • काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

    अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका...

    कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग