काठमाडौं - ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई पेनाल्टी सुट आउटमा४–३ ले हराउँदै मनाङ कीर्तिमानी सातौं पटक उपाधि नजिक पुगेको हो ।उपाधिका लागि मनाङले शनिबार अर्को विभागीय टोली एपीएफ फुटबल क्लबको सामना गर्नेछ ।
मनाङको जितमा अशोक बराल नायक बने । उनले आर्मीका युद्ध शाहीको पेनाल्टी रोके । आर्मीका दीपक गुरुङ र मनाङका विश्व अधिकारीको प्रहार पोलमा लागेर फर्कियो । मनाङका फ्राङ्कलिन टेला, शिव गुरुङ, रुपेश केसी र कप्तान आफिज ओलावाले पेनाल्टीमा सफल भए । आर्मीका कप्तान भरत खवास, जर्ज फ्रिन्स कार्की र विवेक बस्नेतले पेनाल्टीमा गोल गरे ।
यसअघि खेलको निर्धारित समय र अतिरिक्त समय समेत गोलरहित बराबरीमा सकिएपछि खेल खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो । खेलको पहिलो हाफमा मनाङले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । विमल रानाले पाएको पेनाल्टीलाई बाहिर प्रहार गरे ।
मनाङ र आर्मी दुवै आफ्नो मुख्य खेलाडीबिना मैदान उत्रिएका थिए । मनाङका कप्तान अन्जन विष्ट, रक्षक दिनेश राजवंशी, नितिन थापा, पूजन उपरकोटी राष्ट्रिय टोलीमा रहेका छन् ।
आर्मीका सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, जगजित श्रेष्ठ मौरिससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि टोलीमा रहेका छन् ।
काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् ।
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।
काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।
प्रतिक्रिया