१३ जेठ, २०७९
    {
राजनीति / सुदूरपश्चिम प्रदेश

शुक्लाफाँटामा एमाले रित्तिदै

  • पुलेसो
  • २०७८ माघ १३ बिहीबार
शुक्लाफाँटामा एमाले रित्तिदै

कञ्चनपुर । कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एमाले छाड्दै नेकपा एकिकृत समाजवादी पार्टी रोज्नेको आकर्षण बढ्दै गएको छ ।

समाजवादीमा दैनिक एमाले परित्याग गरेर प्रवेस गनेहरुको ओईरो लागेको नेताहरुले बताएका छन । नेकपा एकिकृत समाजवादीका सुप प्रदेश सदस्य तथा अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्तले एमाले परित्याग गरेर समाजवादी रोज्नेहरुको ओईरो नै लागेको बताए ।

 

उनका अनुसार शुक्लाफाँटा नगरका ३ र ९नम्बरको सिङ्गो एमाले समाजवादीमा समावेस भएका छन । भने अन्य वडाहरुबाट समेत एमाले चटक्कै छाडेर समाजवादी रोजिरहेका छन । एमाले कम्युनिष्ट पार्टी भएर बा प्रकृति हावि भएकाले आम नेता कार्यकर्तामाथि घात भएकाले उनीहरुले समाजवादी रोजिरहेको नेताहरुले बताएका छन ।

 

एमालेमा ‘बा’ प्रवृति निरङकुश राजतन्त्र जस्तै शासन भएकाले गरिब, विपन्न, आदिवासी, जनजाति, दलितको पार्टी नभई पैशाहुनेहरुको पाटी भएकाले एमाले छाडेर समाजवादीमा प्रवेस गरेको बताईरहेका छन । बुधबार पनि एक कार्यक्रमका विच एमाले छाडेर दर्जनौँ नेता कार्यकर्ताहरुले समाजवादीमा प्रवेस गरेको नेता पन्तले बताए ।

 

शुक्लाफाटा वार्ड नं. ९ का नेता नगर कमिटी सदस्य, युवा समाजवादी कमरेड हेमन्त राज रेग्मी, एमाले वार्ड कमिटी अध्यक्ष मोंरू डगौरा, सचिव सुरेश पन्त लगायत २१ सदस्सीय सिंगो वार्ड कमिटी नेकपा९एकीकृत समाजवादी० मा प्रवेश भएका छन ।

 

नेकपा (एकीकृत समाजवादी) वार्ड कमिटी अध्यक्ष कमरेड उदय साउदको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं पुर्व मन्त्री कमरेड भानुभक्त जोशी प्रमुख अतिथि, केन्द्रीय सदस्य एवं कन्चनपुर इन्चार्ज कमरेड लाल वहादुर खड्का विशिष्ट अतिथि, अनेरास्ववियू केन्द्रीय कमिटी उपाध्यक्ष एवं पार्टी प्रदेश कमिटी सदस्य माधव पन्त, जिल्ला कमिटीका नेताहरू, नगर कमिटीका नेताहरू, जन वर्गीय संगठनका नेताहरूको उपस्थिती रहेको थियो ।

 

निकै उत्साहजनक उपस्थितीमा रहेको कार्यक्रममा प्रमुख अतिथि भानुभक्त जोशीले पार्टी प्रवेश गर्ने कमरेडहरुलाई टिका र खादा लगाएर स्वागत गर्नु भएको छ ।

 

प्रवेशीहरूको तर्फवाट समाजसेवी एवं युवा नेता हेमन्त राज रेग्मीले अवको मुलुकको विकाश र नेपालको कम्युनिष्ट आन्दोलनलाई वलियो वनाउन नेकपा९एकीकृत समाजवादी० मा गोलवन्द भएको तर्क प्रस्तुत गर्नु भयो । पार्टी प्रवेशको यो अभियान निरन्तर जारी रहने छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै...

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । 

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

  • पुलेसो
  • २०७९ जेठ १० मंगलबार
  • काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

    अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका...

    कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग