१३ जेठ, २०७९
    {
राजनीति / बागमती प्रदेश

बागमतीमा गठबन्धनका उम्मेदवार विजयी

  • पुलेसो
  • २०७८ माघ १२ बुधबार
बागमतीमा गठबन्धनका उम्मेदवार विजयी

मकवानपुर -  राष्ट्रिय सभा सदस्य अन्तर्गत  दुई सिटका लागि भएको चुनावमा बागमतीमा गठबन्धन विजयी भएको छ । 

गठबन्धनबाट महिलामा नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।  

बुधबार सम्पन्न चुनावमा तिमल्सिनाले स्थानीय तहतर्फबाट ११६ मत अर्थात् २०८८ मतभार प्राप्त गरिन् भने पौडेलले स्थानीयतहतर्फ ११७ मत अर्थात् २१०६ मतभार प्राप्त गरेका छन् । यस्तै, तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात् २७३६ मतभार गरी कुल ४८२४,पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात २६८८ मतभार गरी कुल ४७९४ मतभार प्राप्त गरेका छन् ।

यस्तै, एमालेबाट महिलातर्फका उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात् २१०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात २२५६ मतभार पाएकी छिन् । कुँवरले जम्मा ४३६२ मतभार प्राप्त गरिन् । एमालेबाटै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत अर्थात् २०८८ मतभार प्राप्त गरे । प्रदेशतर्फ उनले ४७ मत अर्थात् २२५६ मतभार गरी कुल ४३४४ मतभार प्राप्त गरेका छन् । 

 

यस्तै, नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले स्थानीयतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात ४८ मतभार मात्र पाइन् । प्रदेश र स्थानीय तह दुवैतर्फबाट काफ्लेको कुल ८४ मतभार प्राप्त भयो । नेमकिपाकै अन्यतर्फका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात् ४८ मतभार प्राप्त गरे । उनको कुल मतभार ८४ हो । 

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा भएको भएको चुनावमा ३ सय ४३ मत खसेको थियो । चुनावमा बागमती प्रदेशसभाका १०९ जना सांसदमध्ये १०६ जनाले मतदान गरेका थिए । 

यस्तै, स्थानीय तहका २ सय ३७ जना जनप्रतिनिधीले चुनावमा भोट हालेका थिए । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै...

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । 

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

  • पुलेसो
  • २०७९ जेठ १० मंगलबार
  • काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

    अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका...

    कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग