१३ जेठ, २०७९
    {
समाज / शिक्षा/स्वास्थ्य

 मिडिया निपोज ग्रुप अफ कम्पनीले ६ महिना भित्र १ हजार जनालाई रोजगारी दिने

  • पुलेसो
  • २०७८ माघ १२ बुधबार
 मिडिया निपोज ग्रुप अफ कम्पनीले ६ महिना भित्र १ हजार जनालाई रोजगारी दिने

 काठमाडौं - मिडिया निपोज ग्रुप अफ कम्पनीले ६ महिना भित्रमा १ हजार जनालाई रोजगारी दिने जनाएको छ ।

आज रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कम्पनीको अध्यक्ष सरोज जंग पोखरेलले ६ महिना भित्रमा १ हजार जनालाई रोजगारी दिने उद्घोष गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले ५ वर्ष भित्रमा ५० हजार जना दक्ष जनशक्ति आफुले तयार गर्ने बताए । उनले आफुले गरेको आम्दानीको ६० प्रतिशत रकम निपोज फाउण्डेशनलाई दिने पनि घोषणा गरे । 

उनले भारत, अष्ट्रेलिया, क्यानडा लगायतका धेरै देशहरुबाट सम्बन्धन लिएर फाउण्डेशन अगाडी बढ्ने बताए । आर्थिक र पर्यटन विकास गर्न संखुवासभा जिल्लामा शाखा कार्यालय खोल्ने तयारीमा रहेको जानकारी दिँदै पोखरेलले देशबाहिर पनि शाखा खोल्ने योजना रहेको सुनाए । उनले शिक्षा तथा प्रविधि मन्त्रालय र श्रम तथा रोगजार मन्त्रालयसँग समन्वय गरि अघि बढ्ने बताउँदै भने, ‘यसको बारेमा सम्बन्धित मन्त्रालय र मन्त्रीहरुसँग मेरो कुरा भइसकेको छ ।’ उनले नेपालको शिक्षा प्रणाली परिवर्तत गरी दक्ष र अनुभवि कामदार उत्पादन गर्ने बताए । 

 

फाउण्डेशनले विद्यालय, कलेज र देशविकासको लागि मुल आधार बनाएर अगाडी बढ्ने पनि जानकारी दिए । यसको साथै बुवा आमा नभएका बालबालिकाहरुलाई स्नाकोत्तरसम्म निशुल्क शिक्षा दिने पनि प्रतिवद्धता दिए । आफ्ना कामदारलाई अगाडी बढाउने उद्देश्यले घर, गाडी, मोवाइलको सुविधा दिने पनि उनले जानकारी दिए । उनले फाउण्डेशनले असहाय बृद्ध÷बृद्धा आमा बुवाको छोरा बनेर सहयोग गर्ने पनि उल्लेख गरे । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै...

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । 

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

  • पुलेसो
  • २०७९ जेठ १० मंगलबार
  • काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

    अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका...

    कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग