काठमाडौं - पछिल्लो समय नेपालमा रियालिटी शो हुने क्रम बढिरहेको बेला यही मेसोमा एउटा नयाँ गायन रियालिटी शो हुँदै छ । डीआएआर मुभिज एण्ड फिल्म इन्टडस्ट्रिजको आयोजनामा ‘सिंगर : सोल फूल भ्वाइस’ नामक गायन रियालिटी शो हुन लागेको हो ।
डिएआरका सञ्चालक श्याम धितालले भाषाको दायरा तोडेर प्रमुख ६ भाषामा शो सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार विजेताले नगद पुरस्कार २५ लाखसहित कार र एक गीति एल्बम रेकर्डको मौका पाउनेछन् । ‘नेपाली गीत संगीतमा आफ्नो परिचय स्थापित गरिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायक गायिकाहरुले शोमा भाग लिन सक्नेछन्’, उनले भने ।
आगामी नयाँ वर्षको अवसर पारेर वैशाखबाट सुरु हुने नेपाल नेटवर्क टेलिभिजनमा यो शो प्रसारणमा आउनेछ । फ्रेन्चाइज रियालिटी शो हरुले बजारमा स्थान बनाई रहेको बेलामा नेपाल नेटवर्क टेलिभिजनले आफ्नै मौलिक शोहरु ल्याउने योजना बनाएको छ ।
काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् ।
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।
काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।
प्रतिक्रिया