१३ जेठ, २०७९
    {
समाज / शिक्षा/स्वास्थ्य / कर्णाली प्रदेश

मुगुका विद्यार्थी साग बेचेर पढाइ खर्च जुटाउँदै

  • पुलेसो
  • २०७८ माघ ०७ शुक्रबार
मुगुका विद्यार्थी साग बेचेर पढाइ खर्च जुटाउँदै

मुगु - मुगुका ग्रामीण भेगका केही स्थानीयलाई आफ्नो जीवन धान्न पनि हम्मेहम्मे हुने गरेको छ । विहान के खाउँ, बेलुका के खाउँ भन्ने चिन्ताले दिन प्रतिदिन पिरोल्ने गरेको छ । र पनि जसोतसो जीवन गुजारेका छन् ।

एक छाक टार्न दिनभरि परिश्रम गरे पनि अपुग हुने मजदुर नानीकला नेपाली गुनासो गर्छिन् । मजदुरलाई मात्र होइन बालबालिकालाई अध्ययनका लागि किताब, कलम र कापीको जोहो गर्न पनि उत्तिकै सकस छ  ।

छायानाथ रारा नगरपालिका–५ को श्री नेपाल राष्ट्यि आधारभूत विद्यालयकी कक्षा ५ मा अध्ययनरत छात्रा सविता कार्की आफ्नो पढाई खर्च जुटाउन बिहान र बेलुका सदरमुकाम गमगढी बजार धाउने गरेकी छन् । 

घरमा आर्थिक अवस्था कमजोर भएको र घरमा पनि पढाइ खर्च जुटाउन नसक्ने भएपछि उनी आफैले उत्पादन गरेको हरियो सागशब्जी सदरमुकाममा लगेर बेचेर अध्ययनका लागि आर्थिक जोहो गर्छिन् । ‘म बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ६ सम्म प्रत्येक दिन तरकारी बेच्ने गर्छु,’ सविताले भनिन्, ‘साग बेच्दा एक मुठाको ५ देखि १० रुपैयाँसम्म आउँछ । त्यसैले पढाइ खर्च धान्ने गरेको छु । 

उनका अनुसार एक डोकाबाट साग बेच्दा १०० देखि ५०० रुपैयाँसम्म कमाइ हुन्छ । सविताजस्तै आर्थिक अवस्था कमजोर भएका बालबालिका सदरमुकाममा साग बेचेर पढाइ खर्च जुटाउने गरेका छन् 
 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै...

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । 

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

  • पुलेसो
  • २०७९ जेठ १० मंगलबार
  • काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

    अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका...

    कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग