१४ माघ, २०७८
    {
शिक्षा/स्वास्थ्य / सुदूरपश्चिम प्रदेश

राप्रपा निकट महिला संगठनद्वारा निःशुल्क स्वास्थ्य शिबिर

  • पुलेसो
  • २०७८ पुष ३० शुक्रबार
राप्रपा निकट महिला संगठनद्वारा निःशुल्क स्वास्थ्य शिबिर

कञ्चनपुर, । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट महिला संगठन कञ्चनपुरले भीमदत्त नगरपालिकामा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ ।

शुक्रबार भीमदत्त नगरपालिका १ बाराकुण्डामा राप्रपा निकट महिला संगठन कञ्चनपुरले भीमदत्त नगरपालिका बाराकुण्डामा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको हो ।

 

राप्रपा महिला संगठन कञ्चनपुरकी अध्यक्ष हेलन श्रेष्ठले तेस्रो लहरको कोरोना महामारीका साथै सितलहर बढ्दै गएपछि विपन्न समुदायमा स्वाथ्य समस्या देखिन थालेपछि स्वास्थ्य शिबिर संचालन गरिएको बताईन । ‘यो समाजिक सेवा हो, ‘उनले भने, ‘स्वाथ्य संस्थाको पहुँच नभएका ग्रामिण क्षेत्रमा सक्दो काम गरेको छु ।’

 

स्वास्थ्य शिबिरमा परामर्स, चेकजाँच एव निःशुल्क औषधी वितरण गरिएको छ । राप्रपा भीमदत्त नगरका १का वडाध्यक्ष गोबिन्द विष्टले स्थानीय जनताको माग अनुरुप आफुले महिला संगठनकी अध्यक्ष श्रेष्ठसंग समन्वय गरेर स्वास्थ्य शिबिर संचालन गरिएको बताए ।

 

राप्रप्रा भीमदत्त नगरका अध्यक्ष करन सिह पालले ग्रामिण भेगका नागरिकलार्ई राप्रंपा निकट महिला संघले गरेको निशुल्क स्वास्थ्य शिबिरबाट स्वास्थ्य सेवा प्रदान भएको बताए । निःशुल्क स्वास्थ्य शिबिरबाट स्वास्थ्य सेवा लिएका स्थानीय हर्षित भएका छन ।

 

स्थानीय पदम लुहारले शिबिरबाट निःशुल्क औषधी एव उपचार पाएको बताए । शिबिरमा मेडिकल अधिकृतद्वय गोबिन्द रोकाया, रवि सुब्बा, फार्मेसी असिस्टिेन्ट प्रितिनिधी भण्डारी सहितका स्वाथ्यकर्मी सहभागि भएका थिए ।

 

राप्रपा कञ्चनपुरका अध्यक्ष जगेन्द्र बहादुर चन्दले राप्रपा निकट महिला संगठनले ग्रामिण भेगका महिलाको स्वाथ्य समस्या बारे गरेको कामलाई थप अन्य वडाहरु क्षेत्रमा समेत निरन्तरता दिईने बताए ।

 

स्वास्थ्य शिबिरमा राप्रपा जिल्ला अध्यक्ष गजेन्द्र चन्द, प्रदेश अध्यक्ष धर्मराज जोशी सहितका नेताहरुको उपस्थिति रहेको थियो । राप्रपा कञ्चनपुरकी महिला अध्यक्ष समेत रहेकी हेलन श्रेष्ठ नेतृत्वमा भएको उक्त समाजिक कामको प्रसंसा गरिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा

काठमाडौं - ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार पोखरा रंगशालामा भएको दोस्रो...

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा