१४ माघ, २०७८
    {
राजनीति / सुदूरपश्चिम प्रदेश

हाम्रो चुनावी प्रतिबद्धता अनुरुप मझगाँउ विमानस्थल शुचारु ः मेयर विष्ट

  • पुलेसो
  • २०७८ पुष २८ बुधबार
हाम्रो चुनावी प्रतिबद्धता अनुरुप मझगाँउ विमानस्थल शुचारु ः मेयर विष्ट

कञ्चनपुर । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले कम्यूनिष्ट पार्टीको चुनावी प्रतिबद्धता अनुरुप कञ्चनपुर मझगाँउ विमानस्थल शुचारु हुने अवस्थामा पुगेको बताएका छन ।

बुधबार मझगाँउ विमानस्थलको शिलान्यास कार्यक्रममा बोल्दै भीमदत्त नगरका मेयर विष्टले आफुहरुको चुनावी प्रतिबद्धता, दृढ संकल्प अनुरुप बन्द रहेको विमानस्थल शुचारुका लागि टेण्डर प्रकृया भई कामकाज शुरुवातको चरणमा पुगेको बताए ।

 

‘हामी सबैको दृढ संकल्प र सपना थियो, हाम्रो त चुनावी प्रतिबद्धता नै हो, ‘मेयर विष्टले भने, ‘अब छिटो बन्नुपर्छ ।’ मेयर विष्टले विमानस्थलको स्तरबृद्धि गर्नुपर्ने बताउँदै अझैपनि भीमदत्त नगरका तर्फबाट थप कामकाज अघि बढाउने बताए ।

 

‘हामीले जसरी चुनावी नारा राखेर पालिका सरकारका तर्फबाट आवश्यक बजेट र कामकाज अघि बढाएर त्यसरी नै थप स्तर बृद्धिका लागि सहयोग गछौँ, ‘मेयर विष्टले भने, ‘अब मझगाँउ विमानस्थल छिटो बन्नुपर्छ, यस क्षेत्रको विकासका लागि समेत विमानस्थल अपरिहार्य छ ।’ विमास्थल शुचारुका लागि भीमदत्त नगरपालिको ३ करोड ५० लाख हजार नेपाल नागरिक उड्डायान प्राविधिकरणको खातामा रकम पठाईसको छ ।

 

भावि दिनमा समेत आर्थिक, भौतिक नैतिक सबै सहयोग गर्ने मेयर विष्टको प्रतिबद्धता छ । ०३० सालदेखि ०५६ साल २६ बर्षसम्म संचालनमा आएको विमान स्थल सरकार सुरक्षाको कारण देखाएर ०५६ सादेखि बन्द गरेको थियो । झण्डै ६६ विगाह क्षेत्रफल र १५.२५ मिटर लम्बाई रहेको बिमानस्थल निर्माणका लागि तीनै सरकारको संयुक्त साझेदारीमा बन्नेछ ।

 

५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा बिमानस्थल निर्माण हुनेछ । दुई दशकदेखि बन्द रहेको विमानस्थल शुचारुका लागि तीनै सरकार लागि परेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

काठमाडौं - दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे ।

विवाहको करिब १८ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन्...

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार