१४ माघ, २०७८
    {
राजनीति / सुदूरपश्चिम प्रदेश

मझगाँउ विमानस्थलका लागि आवश्यक बजेट प्रबन्ध गरेका छौँ ः प्रदेश पर्यटनमन्त्री धामी

  • पुलेसो
  • २०७८ पुष २८ बुधबार
मझगाँउ विमानस्थलका लागि आवश्यक बजेट प्रबन्ध गरेका छौँ ः प्रदेश पर्यटनमन्त्री धामी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री मान बहादुर धामी(सन्तोष)ले प्रदेश सरकारले कञ्चनपुरको मझगाँउ विमान स्थल शुचारुका लागि आवश्यक बजेट प्रबन्ध गरेको बताएका छन । 

बुधबार मझगाँउ विमान स्थलको शिलान्यास कार्यक्रममा बोल्दै सुप प्रदेश सरकारका उद्योग पर्यटन तथा वनमन्त्री धामीले प्रदेश सरकारका तर्फबाट मझगाँउ विमानस्थल संचालनका लागि आवश्यक बजेट प्रबन्ध गरिएको बताएका हुन । ‘प्रदेश सरकारले भागमा परेको २५ प्रतिशत बजेट हामीले नागरिक उड्डायन प्राविधिकरणको खातामा बजेट पठाईसकेका छौँ, ‘उनले भने, ‘चालु बर्षमा समेत बजेट विनियोजन गरेका हौँ ।’

 

सुप प्रदेश सरकारले ८ करोड, ७५ लाख रुपैया नेपाल नागरिक उड्यान प्राविधिकरणको खातामा जम्मा गरिसकेको बताउदै मन्त्री धामीले चालु बर्षमा समेत बजेट प्रबन्ध गरिएको र भावि दिनमा समेत विमानस्थल शुचारुका लागि प्रदेश सरकार लागि परेको बताए । मन्त्री धामीले प्रदेश सरकारले विमानस्थल शुचारु गर्दै प्रदेशकै विकासका लागि काम गर्ने बताए । ०३० सालदेखि ०५६ साल २६ बर्षसम्म संचालनमा आएको विमान स्थल सरकार सुरक्षाको कारण देखाएर ०६५ सादेखि बन्द गरेको थियो । झण्डै ६६ विगाह क्षेत्रफल र १५.२५ मिटर लम्बाई रहेको बिमानस्थल निर्माणका लागि तीनै सरकारको संयुक्त साझेदारीमा बन्नेछ । ५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा बिमानस्थल निर्माण हुनेछ । दुई दशकदेखि बन्द रहेको विमानस्थल शुचारुका लागि तीनै सरकार लागि परेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा

काठमाडौं - ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार पोखरा रंगशालामा भएको दोस्रो...

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा