१४ माघ, २०७८
    {
प्रविधि / सुदूरपश्चिम प्रदेश

गठबन्धन सरकारका पालामा मझगाँउ विमान स्थल बन्दै

  • पुलेसो
  • २०७८ पुष २७ मंगलबार
गठबन्धन सरकारका पालामा मझगाँउ विमान स्थल बन्दै

कञ्चनपुर, । झण्डै २२ बर्षदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थल शुचारु हुने भएको छ ।

 आज एक कार्यक्रमका विच संस्कृति पर्यटन पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेम आलेले आज एक कार्यक्तमका विच उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गठबन्धन सरकारकै पालामा मझगाँउ विमानस्थलको शिलान्यास गरिने भएको छ । 

०५६ सालमा सुरक्षाको कारण देखाएर सरकारले मझगाँउ बिमानस्थलको उडान बन्द गरेको थियो । केही समय अधि संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेम आलेले मझगाँउ बिमानस्थलको स्थलगत अनुगमन गरेका गरेर संचालनका लागि प्रतिबद्धता जाहेर गरेका थिए ।

 गत १० कार्तिकमा पर्यटनमन्त्री समेत रहेका नेकपा एकिकृत समाजवादीका पोलिट्ब्युरो सदस्य प्रेम आलेले काठमाण्डौँ फर्किए लगत्तै बाँकी काम अघि बढाउने बचन दिएका थिए । वर्तमान काँग्रेस, माओवादी, समाजवादी, जसपा, जनमोर्चा नेतृत्वको गठबन्धन सरकारकै पालामा काम निर्माण कार्य शुरु हुने छ । 

हालसम्म बिमानस्थलको चारैतिर २ किलोमिटर २५ र क्षेत्रफलमा तारबार गरिएको छ । गत आर्थिक बर्ष २०७७÷०७८ सुदूरपश्चिम प्रदेश सभा सदस्य एव हालका राज्यमन्त्री मान बहादुर सुनारको प्रदेश पूर्वाधार कार्यक्रमबाट २५ लाखमा ६ सय २५ मिटर क्षेत्रफलमा तारजारी गरिएको छ । भने, आर्थिक बर्ष २०७६÷०७७ मा भीमदत्त नगरपालिका र प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्टको पूर्वाधार विकास कोषबाट विनियोजित ४२ लाख ४९ हजार, ८४ हजार लागतमा १५ सय मिटर तारजाली गरिएको थियो । 

झण्डै ६६ विगाह क्षेत्रफल र १६.५० मिटर लम्बाई रहेको बिमानस्थल निर्माणका लागि तीनै सरकारको संयुक्त साझेदारीमा बन्नेछ । ५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा बिमानस्थल निर्माण हुनेछ । 

स्थानीय सरकार मध्ये दोधाराचाँदनी नगरपालिकाले ६२ लाख, ६० हजार, भीमदत्त नगरपालिको ३ करोड ५० लाख र सुप प्रदेश सरकारले ८ करोड, ७५ लाख रुपैया नेपाल नागरिक उड्यान प्राविधिकरणको खातामा जम्मा गरिसकेको छ । मझगाँउ विमानस्थल पुन संचालन पुन समितिका सचिव राजेन्द्र बहादुर चन्दले तीन वटै सरकारको संयूक्त साझेदारीमा निर्माण हुन लागेको नेपालकै पहिलो बिमानस्थल कञ्चनपुरको मझगाँउ विमान स्थल भएको बताए । सचिव चन्दले प्राविधिकरणको खातामा १२ करोड, ८७ लाख ५६ हजार जम्मा गरिसक्नुपर्ने भएपनि सुप प्रदेश र कञ्चनपुरका दुई पालिका सरकारबाट माग भन्दा ४ लाख बढि जम्मा गरिएको बताए । उनका अनुसार १२ करोड, ८७ लाख, ६० हजार जम्मा भएको बताए । सचिव चन्दले केही स्थानीयबाटै अवरोध उत्पन्न भएको बताए । ‘घरमा शौचालय नभएका गाईगोरु चलाउने र निकुञ्जबाट काठ चोर्ने समुहले हामीमाथि अवरोध गरेका थिए, ‘उनले भने, ‘तरपनि हामीले सरकारी निकाय घचघच्याएरै काम अघि बढाए ।’ 

मझगाँउ विमानस्थल पुन संचालन पुन समितिका अध्यक्ष तथा स्थानीय रमेश चन्दले बाल्यकाल स्मरण गराउँदै आफुले मझगाँउ विमानस्थल शुचारु हुँदा कञ्चनपुरबाट सिधै काठमाण्डौँ गएको बताए । अढाई बर्षसम्म स्थानीय नागरिकबाट सरोकारवाला पक्ष घचघच्याएर शिलान्यासको अवस्थामा पुगेको बताए । ‘शिलान्यास हुने भएपछि काम शुचारु हुने आशा पलाएको छ, ‘उनले भने, ‘फेरीपनि नागरिक स्तरबाट निगरानी राख्छौँ ।’ संयोजक चन्दले शुचारुका लागि धेरै अवरोध सृजना भएको बताए । उनले एमाले नेता भीम रावल र लेखराज भट्टले मझगाँउ विमान स्थल बिरुद्धमा षड्यन्त्र गरेको आरोप लगाए । मझगाँउ विमानस्थल पुन संचालन पुन समितिका प्रवक्ता एव पत्रकार ज्ञानेन्द्र महताले सबैको साथ सर्मथनमा मझगाँउ विमानस्थल शुचारु हुन लागेको बताए । ०७६ जेठदेखि आफु र राजेन्द्र चन्दले समाजिक सञ्जालमा अभियान शुरुवात गरेर जनदवाव सृजना गरिएको बताए । मझगाँउ विमानस्थल पुन संचालन पुन समितिका सदस्य सिद्धराज भट्टले सबैको साथ सर्मथनमा आज यो अवस्थामा पुगेको बताए । 

आर्थिक बर्ष २०७७÷०७८ असारमा विमानस्थलको स्तरोन्नतीका लागि ठेक्का भएपनि स्वीकृत निर्माण कम्पनीले ६ महिनासम्म काम शुरु गरेको छैन । रनवेय सहितका अन्य कार्यका लागि कान्छाराम केएस उमा एण्ड कम्पनी जेभी छनौट भएको थियो । नेपाल नागरिक उड्यान प्राधिकरण एरोड्रम ईन्जिनियरिङ्ग विभागले ४५ करोड, ६६ लाख, २४ हजार, ७१४ रुपैयामा बोलपत्र स्वीकृत भएपनि पुष मसान्त सम्ममा काम शुरु गरेको छैन । नेपाल नागरिक उड्यान प्राधिकरण अतिरिक्त कार्यकारी निर्देशक मुरारी भण्डारीले मझगाँउ विमानस्थल शुचारुका लागि कम्पनीविच ठेक्का सम्झौता भएको बताए । उनले बजेट अभावका कारण बोलपत्रे स्वीकृत भएको ढिला समयमा सम्झौता भएको बताए । मझगाँउ विमानस्थल शुचारु नहुँदा यस क्षेत्रका यात्रु मारमा परेका छन । अतिरिक्त भाडा तिरेर धनगढी विमानस्थल जानुपर्ने बाध्यता रहेको छ । चारै पर्यटनमन्त्रीले बन्द रहेको मझगाँउ विमानस्थल शुचारु गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । विमान स्थल शुचारु नहुँदा यस क्षेत्रका यात्रु कैलालीको धनगढी विमानस्थल भएर यात्रा गर्न बाध्य भएका छन । आफ्नै जिल्लामा विमानस्थल शुचारु हुने भएपछि स्थानीय हर्षित भएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा

काठमाडौं - ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार पोखरा रंगशालामा भएको दोस्रो...

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा