१४ माघ, २०७८
    {
राजनीति / सुदूरपश्चिम प्रदेश

पतल प्यानलका उप सचिव कुँवरको उम्मेदवारी रद्द ओली पक्षकै नेताविच भिडन्त

  • पुलेसो
  • २०७८ पुष २७ मंगलबार
पतल प्यानलका उप सचिव कुँवरको उम्मेदवारी रद्द ओली पक्षकै नेताविच भिडन्त

कञ्चनपुर, । नेकपा एमाले कञ्चनपुरको नेतृत्व चयनका लागि मतदान शुरु भएको छ ।

२३ पुष(शुक्रबार)देखि एमाले कञ्चनपुरको नयाँ नेतृत्वका लागि ८औँ अधिवेशन शुरु भएको थियो । सहमती नभएपछि चुनावी प्रकृयाबाट नेतृत्व छनौट गर्न लागेको हो । सहमतीका लागि पाँच दिन नेताहरुविच रस्साकस्सी चलेपनि अन्तत पाँच दिनपछि चुनावी प्रकृयामा जानुपर्ने बाध्यता आएको छ । मंगलबार साँझ ५ बजेदेखि मतदान शुरु भएको निर्वाचन समितिले जनाएको छ ।

 

एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट र बिर बहादुर थापा(पातल)विच टक्कर हुने छ । एमाले तत्तकालिन सचिव समेत रहेका विष्टले जिल्ला सदस्य, उप सचिव, सचिव हुँदै सचिवको यात्रा तय गरेका हुन । भने बिर बहादुर थापा एमाले–माओवादी एकिकरण भई नेकपा हुँदा माओवादीबाट आएका थिए । थापा ०५ पुष ०७६देखि ओली समुहमै बसेर एमालेतिरै गएका थिए । थापा प्यानलबाट उपाध्यक्ष महेश पन्त, सचिव अशोक कुमार चन्द, उप सचिव शेर बहादुर चन्द र ईश्वरा कुँवरले उम्मेदवारी दिएका थिए ।

 

भने उपसचिवमा कुँवरले दिएको उम्मेदवारी रद्द भएको छ । उनको मापदण्ड नपुगेपछि कुँवरको उम्मेदवारी रद्द भएको निर्वाचन समितिले जनाएको छ । एमाले पदाधिकारीका लागि दुई कार्य समितिमा बस्नुपर्ने भएपनि कुँवर ०७४ मा नेकपा हुुँदा एमालेबाट कुँवर जिल्ला सदस्य आएका थिईन ।

 

विष्ट प्यानलबाट उपाध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लवराज भट्ट, उपसचिव कर्ण बहादुर चन्द, फैरु तामाङ्गको उम्मेदवारी दर्ता भएको छ । एमाले कञ्चनपुरको १ सय १५ सदस्यका लागि २ सय १९ले उम्मेदवारी दर्ता गराएका थिए । एमाले कञ्चनपुरको नेतृत्व छनौटका लागि ४ सय ९९ले मतदान गर्नेछन । एमाले कञ्चनपुर नेतृत्वका लागि थापाका तर्फबाट पोलिट्ब्यूरो सदस्य राजेन्द्र सिह रावल केन्द्रीय सदस्य ईन्दुकडरिया विष्ट, कमला बोहरा, बचन बहादुर सिह, जयराज पाण्डे विष्टका तर्फबाट पोलिटब्यूरो सदस्य निरुदेवी पाल, केन्द्रीय सदस्य कृपाराम राना, नर बहादुर धामी, रण बहादुर महरा सहितका नेताहरु देखिएका छन ।

 

एमाले कञ्चनपुरको जिल्ला सदस्यका लागि ओली, नेपाल समुहबाट फर्किएका र माओवादीबाट आएका नेता कार्यकर्ताहरुले समेत उम्मेदवारी दिएका छन । एमाले कञ्चनपुरको नेतृत्वका लागि यस पटक भने रडाको मच्चिएको छ । मतदान सकिए लगत्तै गणना हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा

काठमाडौं - ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार पोखरा रंगशालामा भएको दोस्रो...

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा