१४ माघ, २०७८
    {
राजनीति / सुदूरपश्चिम प्रदेश

बेदकोटका विपन्न जनतालाई निःशुल्क लालपुर्जा दिनुपर्ने समाजवादीको माग

  • पुलेसो
  • २०७८ पुष २६ सोमबार
बेदकोटका विपन्न जनतालाई निःशुल्क लालपुर्जा दिनुपर्ने समाजवादीको माग

कञ्चनपुर, । नेकपा एकिकृत समाजवादी पाटी बेदकोट नगर कार्य समितिले नगरका अति विपन्न गरिबीको रेखामुनी रहेका परिवारलाई निःशुल्क जग्गाधनी प्रमाण पत्र(लालपुर्जा) दिनुपर्ने माग अघि सारेको छ ।

समाजवादी बेदकोट नगर कमिटिले आइबार एक प्रेस नोट जारी गर्दै नगरका अति विपन्न गरिबीको रेखामुनी रहेका परिवारलाई निःशुल्क जग्गाधनी प्रमाण पत्र(लालपुर्जा) दिनुपर्ने माग अघि सारेको हो । समाजवादीले दलित भूमिहिन अव्यवस्थित बसोबासी, सुकुमबासी जनतालाई आफुले भोगचलन गरेको आधारमा जमिनको दिनुपर्ने समेत माग अघि सारेको छ ।

 

राष्ट्रिय भूमि आयोगले जमिनको दस्तुरमा उल्लेख बृद्धि गरेर गरिब विपन्न जनतालाई जमिनको मालिक बनाउनबाट बञ्चित गर्न खोजिएको भन्दै विपन्न नागरिकबाट राजस्व लिन नहुने उक्त राजस्व तीनै सरकारले दिनुपर्ने समाजवादीको सुझाव दिएको छ । बेमौषमा आएका बाढीले क्षति पुगेका किसानलाई राहत दिनुपर्ने, सडक मर्मत सुधार गर्नुर्ने, कोडिभ १९ बिरुद्ध सबैलाई खोपदिनुपर्ने जोडदार माग अघि सारेको छ । लागु पदार्थ रोकथाम गर्न समेत उक्त पार्टीले माग अघि सारेको छ ।

 

लागु पदार्थको दुव्र्यषनीका कारण बेदकोट नगर समेत किशार भएको भन्दै समाजवादी बेदकोट नगरका अध्यक्ष महेशराज जोशीद्वारा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तीमा बेदकोटमा प्रहरी संख्या थप्ने, प्रहरी चौकी निर्माण गर्नुपर्ने अनुरोध गरेको छ । यस्तै समाजवादी बेदकोट नगरले पार्टी सगठन समेत विस्तार गर्दै प्रतिगामी बिरुद्धमा शसक्त अभिया संचालन गर्ने योजना अघि सारेको छ । ४३ सदस्यीय सचिवालय सदस्य गठन गर्दै विभिन्न विभाग समेत गठन गरेको छ ।

 

विद्यार्थी नेता पुष्कर भट्टलाई अनेरास्ववियू इन्चार्ज, नितु रावतलाई अखिल नेपाल महिला संघ, कृष्णराज पाण्डेलाई नेपाल किसान महासंघ, महेशराज जोशीलाई पेशागत महासंघ तथा थसँस्कृतिक महासंघ, हरिना ओडलाई नेपाल दलित मुक्ति संगठन, हर्क बहादुर खडकालार्ई नेपाल भूतपुर्व सैनिक तथा प्रहरी संगठन, दिल बहादुर भाटलाई नेपाल राष्ट्रिय उद्योग महासंघ, गणेश रोकायालाई युवा संघ नेपाल, आनन्द सिह माललाई यातायात मजदुर संगठन इन्चार्जको जिम्मेबारी दिएको छ । नेकपा एकिकृत समाजवादी पाटी बेदकोट नगरको नगर सम्मेलनपछि प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

काठमाडौं - दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे ।

विवाहको करिब १८ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन्...

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार