१४ माघ, २०७८
    {
अन्तराष्ट्रिय / शिक्षा/स्वास्थ्य

काेभिड खाेपले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउछः अध्ययन

  • पुलेसो
  • २०७८ पुष २६ सोमबार
काेभिड खाेपले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउछः अध्ययन

एजेन्सी
सिड्नी - बालबालिकामा कोभिडविरुद्ध लगाइने खोपले बच्चाको रोग र मृत्युदर घटाउनुको साथै वयस्कलाई पनि फाइदा गर्ने अस्ट्रेलिया र क्यानडाको एउटा अध्ययनले जनाएको छ ।

सरकारले पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई  खोप दिने तयारी गरिरहेका बेला ग्रिफिफ्थ युनिभर्सिटीले पछिल्लो अध्ययन गरेको हो ।बालबालिकामा खोपको असर, उनीहरुको अस्पताल भर्ना, मृत्यु, जटिलतालगायतका विषयहरुमा गरिएको सो अध्ययनमा अनुसन्धानकर्ताहरुले बालबालिका र वयस्कमा महामारी विज्ञानसम्बन्धी मोडल प्रयोग गरेका थिए ।

अध्ययनअनुसार पाँचदेखि ११ वर्षका बालबालिकामा खोपसँग सम्बन्धित मायोकार्डाइटिस र एनाफाइल्याक्सिसको समस्या निकै दुर्लभ देखिएको छ । ‘खोप लगाएका बालबालिकामा भविष्यमा अन्यको तुलनामा रोगको जोखिम कम देखिएको छ,’ ग्रिफिफ्थ युनिभर्सिटीका प्राध्यापक मिसेल गुडले भने । 

अस्ट्रेलियामा यस वर्ष विद्यालय सुरु हुनुअघि खोप लगाउन योग्य २३ लाख बालबालिकाहरुलाई कोभिड खोप दिने तयारी भइरहेको छ । खोप लगाएका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुने अध्ययनमा उल्लेख छ । पछिल्लो समय अस्ट्रेलियामा औषतमा दैनिक एक लाख जनामा कोभिड संक्रमण देखिएको छ । 

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । संक्रमण बढे पनि सरकारले तत्काल लकडाउन नगर्ने संकेत गरेको छ । यद्यपी, केही प्रतिबन्ध भने लागू गरिएका छन् । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा

काठमाडौं - ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार पोखरा रंगशालामा भएको दोस्रो...

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा