१४ माघ, २०७८
    {
मनाेरञ्जन/ कला

‘द भ्वाइस अफ किड्स’ सिजन–१ ‘शीर्ष–८’ का प्रतिस्पर्धी जेनिश उप्रेतीद्वारा  भोटको अपिल

  • पुलेसो
  • २०७८ पुष २५ आइतबार
‘द भ्वाइस अफ किड्स’ सिजन–१ ‘शीर्ष–८’ का प्रतिस्पर्धी जेनिश उप्रेतीद्वारा  भोटको अपिल

काठमाडौं - हिमालय टेलिभिजनबाट प्रशारण भईरहेको चर्चित सिङगिङ् रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ सिजन–१ मा धमाकेदार प्रस्तुती दिँदै आएका ‘शीर्ष–८’का प्रतिस्पर्धी जेनिश उप्रेतीले आफुलाई भोट दिएर जिताउन अपिल गरेका छन् । 

मकवानपुर हेटौंडा–१९, बस्तीपुर निवासी बाल प्रतिभा उप्रेतीले आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी शनिबार हुने फाइनलमा आफुलाई भोट दिएर ‘द भ्वाइस अफ किड्स’ सिजन–१ विजेता बनाउन आग्रह गरेका हुन् । ‘द भ्वाइस अफ किड्स’ सिजन–१ को फाइनल आगामी शनिबार बेलुका ६ बजे हुनेछ । 

पछिल्लो समयको सर्वाधिक चर्चित शो ‘द भ्वाइस अफ किड्स’ सिजन–१ मा मकवानपुरको प्रतिनिधित्व गर्दै आएका  उप्रेतीले ब्लाइन्ड, ब्याटल र लाइभ राउण्डमा जस्तै अब पनि आफुलाई भोट दिन देश तथा विदेशमा रहने सबैलाई आग्रह गरे । ‘अब शीर्ष–८मा आइपुगेका छौ, सबैजना साथीहरुले राम्रो गीत गाउनुहुन्छ । मसँगै ७ जना अरु साथीहरु प्रतिस्पर्धामा हुनुहुन्छ । मलाई ‘द भ्वाइस अफ किड्स’ सिजन–१ विजेता देख्न चाहानुहुन्छ भने मलाई धेरैभन्दा धेरै भोट दिनुहोस् ।’ आफु विजेता हुन धेरै भोटको आवश्यकता रहको उनले बताए ।   

उनी टिम प्रमोद खरेलबाट प्रतिस्पर्धामा उत्रिएका छन् । उनले आफुलाई भोट दिन स्वदेशमा रहनेले खल्ती एपबाट र विदेशमा रहनेले खल्ती डटकममा गएर शनिबारसम्म भोट गर्न अपिल गरे । उनले आफुलाई भोट दिन देशभित्रबाट खल्ती एपबाट र विदेशमा रहेकाहरुलाई खल्ती डटकमबाट भोट गर्नसमेत आग्रह गरे । उनले सबैले भोट दिएमा आफु  विजेता हुने विश्वास दिलाए ।

 

 

‘द भ्वाइस अफ किड्स’ सिजन–१ विजेता र भविष्यको योजना विकटका गरिबहरुलाई स्वास्थ्योपचारमा पहुँच पुर्याउनको लागि  अस्पताल र शिक्षामा पहुँच पुर्याउनको लागि विद्यालय खोल्न मन लागेको सुनाए । 

त्यस्तै, कार्यक्रममा बोल्दै जेनिशका काका रमेश उप्रेतीले  भतिज सानैबाट संगित–साधना गरेर हुर्केको बताए । जेनिशको आमाको कोरोना भाइरसको कारण १ वर्ष अगागि मृत्यु भएको उनले जनाए ।

उनले जेनिशका बुवा रोजगारीको शिलसिलामा कुवेतमा रही सवारीचालकको काम गर्दै आएको सुनाए । उनले भने,‘जेनिशको आमा एपेन्डीसाइटिक्सको शल्यक्रिया पछि कोरोना संक्रमण पनि भयो र उमेर नपुगि बित्नुभयो ।’ भाउजुको मृत्युको अन्तिम समयको भनाई स्मरण गराउँदै उनले आफुलाई जेनिशलाई भ्वाइस अफ किड्समा लैजान र उसको सम्पुर्ण हेरचाह गर्ने जिम्मेवारी आफुलाई दिएको सुनाए । ‘अहिले उसको सम्पुर्ण जिम्मेवारी मेरो काँधमा छ ।’ भाउजुको मृत्युपछि दाजु अन्तिम समयमा नेपाल आएर अहिले दाजु कर्मथलो फर्किइसकेको उनले बताए । 

उनले अहिलेसम्म जेनिशको उत्कृष्ट भ्युज आएको भन्दै सबैको भोटले गर्दा ब्लाइन्ड, ब्याटल, लाइभ राउण्ड हुँदै शीर्ष–८ मा पुगेकोमा खुशी व्यक्त गरे । उनले देश तथा विदेशमा बस्ने सबैलाई जेनिशलाई भोट दिएर सहयोग गर्न आग्रह गरे । उनले जेनिश राष्ट्रको गहना हुने पनि विश्वास दिलाए ।  

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा

काठमाडौं - ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार पोखरा रंगशालामा भएको दोस्रो...

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा