१४ माघ, २०७८
    {
प्रविधि / गण्डकी प्रदेश

टुटेपानीमा लिफ्टिङ गरेर खानेपानी

  • पुलेसो
  • २०७८ पुष २५ आइतबार
टुटेपानीमा लिफ्टिङ गरेर खानेपानी

तनहुँ - भानु नगरपालिका–१३ टुटेपानी गाउँमा विद्युतीय लिफ्टिङ प्रणालीमार्फत 'एक घर एक खानेपानी'को धारा जडान गरिएको छ ।

गाउँभन्दा ९० मिटर तल रहेको आहालडाँडा खोलाबाट विद्युतमार्फत लिफ्टिङ गरेर घरघरमै खानेपानीको धारा जडान गरिएको हो ।गाउँमा ३५ धारा जडान गरिएको छ ।  ३२ घरसँगै दुई सामुदायिक भवन र अरनिको माध्यमिक विद्यालयमा खानेपानीको धारा जडान भएको छ । उपभोक्ता समितिमार्फत खानेपानी योजनाको काम सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी इन्जिनियर बामदेव पौडेलले बताए ।

९१ लाख ६६ हजार रुपैयाँ लागत अनुमान गरेर सुरु काम भएको आहालडाँडा खानेपानी योजना ४० लाख रुपैयाँ कममै सम्पन्न भएको छ । ५१ लख रुपैयाँ मात्र खर्च भएको उनले बताए । सोलार लिफ्टिङको सट्टा विद्युतीय लिफ्टिङ गरेकाले काम लागतमा योजना सम्पन्न भएको उनले जनाए । सोलार लिफ्टिङ मर्मतमा बढी खर्चिलो हुने भएकाले विद्युतीय लिफ्टिङ गरेको उनको भनाई छ ।

आहालडाँडा खानेपानी योजनाको काम निर्धारित छ महिना अगावै काम सकिएको छ । ‘असार मसान्तसम्म म्याद थियो । मंसिरमै काम सकियो । पुसमा उद्घाटन गर्‍यौं’, इन्जिनियर पौडेलले भने । २०७६ कात्तिकदेखि घरघरै खानेपानी पुर्‍याउनलाई काम सुरु भएको हो ।

स्थानीय कौशिला गुरुङका अनुसार गाउँमा पुराना सात वटा खानेपानीको धारा थियो । धारामा ल्याईएको पानीको मूल सुकेपछि चार महिना पधेरोबाट पानी बोकेर दैनिकी गुजार्नुपर्ने बाध्यतामा थिए गाउँले । ‘माघदेखि वैशाखसम्म टुटेपानी पधेरोबाट खानेपानी बोकेर प्रयोग गरिन्थ्यो’, उनले अगाडी थप्दै भनिन्, ‘सक्नेले एक गाग्री पानी १५ मिनेटमा ल्याइपुर्‍याउथे । नसक्नेलाई त आधा घण्टा बढी पनि समय लाग्थो ।’

टुटेपानी तनहुँको पर्यटकीय गाउँ हो । गाउँवासी मिलेर केही वर्षदेखि होमस्टे चलाएका छन् ।  घरघरै खानेपानीको धारा भएपछि होमस्टे चलाउन सजिलो भएको आहालडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष होमबहादुर गुरुङले बताए । ‘चौबिसै घण्टा धारामा पानी आउन थालेको छ । काम छाडेर पानी बोक्न जानु परेन । घरघरै धारा भएपछि होमस्टे फस्टाउने विश्वास लिएका छौँ’, उनले भने ।

गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ अभियान अन्तर्गत टुटेपानीमा घरघरै खानेपानी धारा जडान गरिएको हो । घरमै खानेपानीको धारा पाएपछि गाउँले दंग परेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा

काठमाडौं - ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार पोखरा रंगशालामा भएको दोस्रो...

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा