२४ साउन, २०७९
    {
समाज / बागमती प्रदेश

गोदावरी खोला सफाई अभियान अब टोल टोलमा, खोला अतिक्रमण हटाएरै छोड्ने मन्त्री झाँक्रीको उद्घोष

  • पुलेसो
  • २०७८ पुष २५ आइतबार
गोदावरी खोला सफाई अभियान अब टोल टोलमा, खोला अतिक्रमण हटाएरै छोड्ने मन्त्री झाँक्रीको उद्घोष

गोदावरी - गोदावरी खोला सरसफाई अभियानले अब टोल टोलमा सरसफाई अभियान सुरु गर्ने भएको छ ।

ललितपुरको गोदावरीमा आयोजित गोदावरी खोला सरसफाई १५०औं हप्ता पुगेका अवसरमा आयोजित विशेष कार्यक्रममा अभियानकी अभियन्ता बेबी राजभण्डरीले अब टोल टोल सरसफाई कार्यक्रम सुरु गर्ने घोषणा गरेकी हुन् ।

बागमती सरसफाई अभियानका अभियन्ता पूर्वराजदूत तथा पूर्वमुख्यसचिव लिलामणी पोखरेलले गोदावरी नगरलगायतको सहयोग पाएर गोदावरी खोला सरसफाई कार्यक्रम सफल भएको बताए । उनले भने, 'हामी अभियन्ताले राजनीतिक दलको चाही सहयोग पाएनौं । उनीहरुले हाम्रो अभियानलाई सहयोग गर्नुको साटो खिसिट्युरी गरेका छन् ।' अभियन्ता पौडेलले आउँदो निर्वाचनमा अभियानलाई खिसी गर्नेहरुलाई देखाइदिने बताए । 

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरपालिका सरसफाई अभियानलाई सधै सहयोग गरेको र आउँदा दिनमा सहयोग गर्न तयार रहेको बताए । उनले भने, 'यो काम हाम्रो हो । अभियन्ताले हामीलाई सघाइरहेका छन् ।'

नगरकी उपमेयर मुना अधिकारीले खोला किनारमा नगरभन्दा बाहिरबाट आएर बंगुर, कुखुरा र हाँसलगायत पालेर फोहोर गरिरहेको बताइन् । उनले भनिन्, 'हामीले सूचना निकालेर हटाउन अनुरोध गरेका छौं । नहटाए कारवाही गछौं ।' 

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले खोला किनारमा विभिन्न संघसंस्था र धर्मका नाममा भएका अतिक्रमण हटाएरै छोड्ने उद्घोष गरिन् । उनले भनिन्, 'खोलामा मिसिने ढल प्रशोधन गर्न धेरै बजेट र ठाउँ चाहिन्छ । हामी कम खर्च र ठाउँमा कसरी ढल प्रशोधन गर्न सकिन्छ भनेर अनुसन्धान गरिरहेका छौं ।' 

पूर्वसासंद उदयशम्सेर राणाले संसारभरी नदी नालाहरु फोहोर भइरहेको अहिलेको अवस्थामा धेरै देशले नदी सफाईमा ठूलो धनराशी खर्च गरिरहेको बताउँदै नेपालमा अभियानको भरमा सरसफाई भइरहेकोमा अब सथानीय सरकारले यो कामको जिम्मा लिन सुझाव दिए । उनले भने, 'यो काम स्थानीय सरकारको हो । अब मेयर गजेन्द्र महर्जनले यो कामको थालनी गर्नुपर्छ ।'
कार्यक्रमअघि विभिन्न नदी सरसफाई अभियानका अभियन्तालाई सम्मान गरिएको थियो भने मुहान क्षेत्र सफाई गरिएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो...

काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख एवं वातावरणविज्ञ प्रकाश अमात्य सरसफाइ व्यवस्थापनका लागि तीन तहका...

फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व : वातावरणविज्ञ अमात्य

शिवालयमा भक्तजनको भीड

साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा  भक्तजनको भीड लागेको छ ।

आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको...

शिवालयमा भक्तजनको भीड

महाअभियोगको प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव...

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई ‘महाअभियोग सिफारिस समिति’ मा पठाउने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

बैठकले प्रतिनिधिसभा...

महाअभियोगको प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव बहुमतले स्वीकृत

पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

चितवन -  जिल्लामा रहेका पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको...

पाँच जनाले गरे नेपाली नागरिकता परित्याग