१४ माघ, २०७८
    {
अर्थ / प्रविधि / प्रदेश १

यातायातको सुविधाले व्यावसायिक सुन्तला खेतीमा किसानकाे आकर्षण

  • पुलेसो
  • २०७८ पुष २१ बुधबार
यातायातको सुविधाले व्यावसायिक सुन्तला खेतीमा किसानकाे आकर्षण

उदयपुर - उदयपुरको रौतामाई गाउँपालिका- ४ र ६ निगालेका किसानहरू अहिले व्यावसायिक सुन्तालाखेती तर्फ आकर्षित भएका छन् । गाउँमै यातायातको सुविधा पुगेपछि सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि किसाकहरू सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् ।

पहिला बाजे पुर्खाहरूले खान, बाँड्न र सामान्य बेच्न लगाएको दुई चार झ्याङ सुन्तला अहिले जीविकोपार्जनमा परिणत भएको किसान जीवन राईले बताए । राईका अनुसार पुरानो बोटबाट आम्दानी लिँदै र अन्य बिरुवाहरू लगाउने क्रम बढ्दो छ ।

एकै परिवारले ५०० वटाभन्दा बढी सुन्तलाको बिरुवा लगाएर व्यवस्थित तरिकाले सुन्तला खेती गर्दै आएका छन् ।  परम्परागत रूपमा मकै कोदो लगाउँदै आएको खेतीयोग्य जमिनहरूमा अहिले सुन्तला लगाउन थालिएकाे किसानहरूले बताउँछन् । गाउँमा यातायातकाे सुविधा पुगेसँगै बजारमा एकै पटकमा धेरै सुन्ताला बजारसम्म पुर्‍याउन सकिने भएको हुँदा सुन्तला खेतीमा किसानकाे आकर्षण बढेकाे हाे । जसबाट उनीहरूले राम्रो आम्दानी पनि गरेका छन् ।

 

निगालेमा उत्पादित सुन्तला अहिले गाईघाटमा एक करोडभन्दा बढी भित्रिने अनुमान गरिएको सुन्तला किसान रामकुमार राईले बताए । उनका अनुसार एकै घरबाट वार्षिक पाँचदेखि ६ लाखसम्म सुन्तला बिक्री गर्दै आएका छन् । 

वर्षभरिको खेतीपातीले तीन महिना खान पुग्दैन तर एउटा सुन्तलाको झ्याङबाट १० हजारसम्म पैसा लिन सकिने किसान गणेश राईले बताए । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

काठमाडौं - दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे ।

विवाहको करिब १८ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन्...

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार