१४ माघ, २०७८
    {
समाज / बागमती प्रदेश

सामुहिक बलात्कारको आरोपमा ८ जना पक्राउ

  • पुलेसो
  • २०७८ पुष १४ बुधबार
सामुहिक बलात्कारको आरोपमा ८ जना पक्राउ

काठमाडौं -  काठमाडौंको नयाँ बसपार्कस्थित एक गेष्ट हाउस बाट बलत्कारको आरोपमा नौ जना पक्रउ परेका छन । नौ जनाले बलत्कार गरेको आरोप लागेपनि प्रहरिले आठजना लाई मात्र पक्राउ गरेको छ भने एक जना अझेै फरार रहेको प्रहरिले जनाएको छ ।  गेस्ट हाउसमा नौ पुरुषले एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्रउ परेका हुन  । 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीका अनुसार पीडित महिलाको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।  प्रहरीका अनुसार यही पुस १२ गते सुर्खेतबाट काठमाडौं आएकी अन्दाजी ३२-३३ वर्षीया महिलालाई नयाँ बसपार्कमा भेटेर मुगुका युवराज बडुवालले गेस्ट हाउसमा लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बडुवालले नै फोन गरेर विभिन्न व्यक्तिलाई बोलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

राति दुई र अर्को दिनको बिहान थप सातजनाले बलात्कार गरेको खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । काठमाडौंका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले सोमबार दिउँसो ३ बजेदेखि हालसम्म आठजना पक्राउ परेको र थप एकजना फरार रहेको बताए । उनका अनुसार प्रहरीले सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा आरोपीहरूलाई पक्राउ गरेको हो । उनका अनुसार पीडित महिलाको स्वास्थ्य अवस्था सामान्य छ । पीडित महिला दुई सन्तानकी आमा समेत रहेको बताइएको छ ।  

प्रहरी स्रोतका अनुसार घटना अनुसन्धानका क्रममा युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीसलगायत आठजना पक्राउ परेका छन् । प्रहरीले आधिकारिक रूपमा भने नाम सार्वजनिक गरेको छैन ।पक्राउ परेकाहरू सबै चिनजानकै व्यक्ति रहेको खुलेको छ । पीडित महिला कामको खोजीमा काठमाडौं आएको खुलेको छ । उनका श्रीमान् भारतमा रोजगारीका लागि गएको र लामो समयदेखि सम्पर्कमा नरहेको बताइएको  छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

काठमाडौं - दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे ।

विवाहको करिब १८ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन्...

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार