१४ माघ, २०७८
    {
राजनीति / विचार

 कामरेड दर्शन बक्सियोस हजुर

  • पुलेसो
  • २०७८ पुष ०५ सोमबार
 कामरेड दर्शन बक्सियोस हजुर

गोकुल निरौला 
     छोटोमा कामरेड भन्नाले संगै बस्ने अर्थात सहयोद्दा भनेर बुझौ । बोली चालिमा भन्दापनि यो कामरेड भन्ने शब्द  कम्युनिष्ठ हरुले आफ्ना सदस्य हरुलाइ  समान तरिकाले सबैलाइ कामरेड भनेर बोलाउछन । माथि लेखिएको सब्दमै दुबिधा होस भनेर नै कम्युनिष्ठ हरुले प्रयोग गर्ने भाषा कामरेड र उनी हरुलेनै भन्ने गरेको सामन्ति हरुको भाषा  बक्सियो भन्ने शब्द  प्रयोग गरिएको छ ।

बोली चालिको भाषामा  कम्युनिष्ठहरु आइस्यो, खाइस्यो, बक्सियोस भन्ने शब्द प्रयोग गर्दैनन । हिजो आज नेपालका कम्युनिष्ठ हरु सामन्ति, जमिन्दार, पुजिवादिका पुजारी जस्तै भएका छन । आजकाल कम्युनिष्ठ हरु आइस्यो गइस्यो भन्ने मात्र होइन  लाल किल्लामा भेटाइने लालसलाम टेबुलमुनि लुकाएर  सलाम गरिबक्से कामरेड  भनिरहेका छन ।  

कम्युनिष्ठ भन्दापनि नेपालका माओवादि हरु कसरी यति परिवर्तन र सुबिधा भोगि भए भन्ने कुराको बहस हुनु जरुरि देखिन्छ । नेपालमा कम्युनिष्ठ पार्टि २००६ सालमा स्थापना भएको भएपनि माओवादि भने २०५२ सालामा मात्रै बिधिवत रुपमा जन्मिएको थियो ।  यो पार्टि संसदिए व्यवस्थामा आएको जम्मा जम्मि यो आलेख लेख्दाको मितिसम्म चौद्ध बर्ष हुन पुगेछ । तर माओवादि आन्दोलन सुरुगर्दा संसदिए ब्यवस्थाको खारेजिको नारा लगाएर गाउँ गाउँ मोर्चा बन्दिमा हिडेको थियो । त्यति बेला सम्म कामरेड हरु समान थिए । एक आर्का संग सहजै भेट हुने समय थियो ।

 २०६२/६३ को जनआन्दोलन  पछि माओवादि हरुनै संसदिए व्यबस्थामा सहभगि हुने भए ।  त्यसपछि माओवादि पार्टि संघिएता र धर्मनिरपेक्षताको नारा लिएर हगाडि बड्यो । माओवादि सहित तत्कालिन सात दलको सहयोगमा नेपाल धर्मनिरपेक्षता र  संघिएतामा बिभाजन भयो  जुन अहिलेका सात प्रदेस त्यो आन्दोलन पछिका उपलब्धि हुन । कामरेड हरुले गरेको दश बर्षे जनआन्दोलनको सबै भन्दा ठुलो उपलब्धि पनि यहि हो ।

नेपालमा कामरेड पार्टि २००६ सालमा उत्पादन भएको भएपनि माओवादि भने २०५२ सालमा मात्रै जन्मेको हो । माओवादिले दश बर्षे जनआन्दोलन समाप्त भएपछि मात्रै भुमिगत जिवनबाट खुला रुपमा देखापरेका हुन ।  यति छोटो अवधिमा माओवादि हरुको यति ठुलो परिवर्तन कसरी भयो ? के माओवादि हरु  जनतको पर्टि हो त ? के माओवादि पार्टिका नेता हरुसंग  कार्यकर्ता खुसि छन त ? के माओवादि कार्यकर्ता हरुले आफ्ना नेतालाइ सहजै भेट्न पाउँछन् त ? के नेपाल नेताहरुको लागि यति असुरक्षित देश बनिसकेको हो त ?

 

आजकाल समाजमा यी र यस्तै प्रस्नको चाङ लागेको छ । यी प्रस्नको उत्तर खोज्न जनताले चासो देखाएपनि पार्टिका अग्र पङ्तिमा रहेका नेताहरुले कुनै चासो देखाएको देखिदैन । अग्रपंङतिमा रहेका नेताहरु दम्वका साथ भन्ने गरेका छन पहिलो सम्विधान सभाको सबै भन्दा ठुलो दल हो । तर समय धेरै अगाडि गै सकेको छ । नेपाली जनता हरु माओवादि संग आसा भन्दा पनि निरासा भएको पाइएको छ ।

केहिदिन पहिले सातै प्रदेशको अधिवेसन सम्पन्न गरेको पार्टिमा के परिवर्तन भयो त ? पार्टिको बिधानले जनतालाइ राहात दिने कुनै बुधा ल्यायोत ? के साच्चिके अधिबेसन बाट सदस्य छानिएका नेता हरुले गाँउमा गयर आफ्ना कार्यकर्तालाइ माओवादि बिचार बुझाउन सक्लान त र ? हो माओवादि पार्टिमा सबै भन्दा ठुलो कमजोरिनै यहि देखिएको छ । पार्टिले अधिकारको व्याख्या गर्ने नेता जन्माए पनि संसदिय व्यबस्थामा खेल्न सक्ने नेता जनमाउन सकेन ।  पछिल्लो चरणमा संसद र मन्त्रि भएका नेताहरु आफ्ना कार्यकर्ता संग भेटनै छोडे । समस्या सुन्ने छोडेपछि माओवादि पार्टि खुम्चिदै गएको छ । नेपालमा नयाँ  पार्टि जन्मने र मर्नेको हिसाब किताब नगरौ ।

कुनै दिन बिचार नमिले पार्टिको जन्म दिन्छन भने बर्षदिन नबित्दै आपसमा मिल्ने काम गरि रहेका छन । यस्तो रोग माओवादिमा समेत लागू भयो । जुन फुटको राजनितिले जन्माएका पार्टि हरु आपसमा मिल्न सकेका छैनन् । फलस्वोरुप माओवादि खुम्चिदै गएको छ । फुट बाट अलगधारमा गएका हरुपनि आसेपासे कार्यकर्ताको भुमरिमा परेका छन भने जो संस्थापक हु भन्ने हरुपनि आसेपासेकै चंगुलमा फसेका छन ।

जनयुद्धकालमा गाउमा भिजेका नेता कार्यकर्ता सहर पसेपछि गाउँ र गाउका कार्यकर्ता बिस्रदै जानू दुर्भाज्ञहो । के माओवादिले युद्ध कालमा भनेको बृजुवा शिक्षामा सुधार आयोत रु  यस्मा कुनै परिवर्तन आउन सकेन बरु नेपालमा दुई वटा  शिक्षा नीति लागू हुदैगए । गरिब जनता झन झन गरिब हुदैगए शिक्षाको इस्तर घट्दै गयो भने धनिमानि हरु झन झन धनि बने । गरिब र धनि बिचको खाडल झन ठुलो हुँदै गएको छ । युद्धका बेला पिठोमा पानी मात्रै मिसाएर खाएका नेता हरु आज भुजा ज्युनार मात्रै किन गरि रहेकाछन रु यो देखेर  कार्यकर्ताहरु अन्योलमा परेका छन ।

माओवादि सत्तामा गएपछि तीन पटक मात्रै निर्वाचन भएको छ । जुन दुई पटक सम्विधान सभा र एक पटक स्थानिए तहको । स्थानिए तहसंग संगै केन्द्र र प्रदेसका संसद पनि चुनिएका हुन । पहिलो संविधान सभमा ठुलो पार्टि बनेको माओवादि हाल आएर खुम्चिदै तेस्रो स्थानमा पुगेको छ । अब केही महिना पछि निर्वाचन हुदैछ । निर्वाचनमा नया दल पनि थपिएका छन । स्थानिय रसकारको जिम्मेवारी पाएका छोटे राजाहरुले कार्यकर्ता हरुलाइ सन्तुष्ठ भन्दा  असन्तुष्ठ गराएका छन । कुनै पनि राजनिति दलहरुले गाउँ सुधार कार्यक्रम ल्याउन सकेको छैन ।

यो मंसिरमै भएको पार्टि हरुको महाधिबेशनले  गाउँ गाउमा बिवाद उत्पन्न गराएको छ । झन माओवादिमा त पुर्व सभासद कुनै कमिटिमा नपर्नु र आर्थिक हैसियत बढेका सामान्य कार्यकर्ता हरु माथिल्लो कमिटिमा पुगेका छन । पार्टि पद्दतिमा कमिटि निर्माण भएको छैन । जुन पार्टिमा पुजिवाद हाबि हुँदै जान्छ त्यो पार्टिमा बिचार मर्दै जानू सोभाबिकै हो । केहिदिन पहिले भएको माओवादि केन्द्र देखि अन्य दलको अधिवेसनले देखाइ सकेको छ । नेताहरु बार्दलिबाट हात हल्लाउन सम्म पुगे ।

भुइ मान्छे भएर बाचेका जनताको जनजिविकामा कुनै किसमको परिवर्तन ल्याउन सकेन ।  जनआन्दोलन बाट जनताको मन जित्दै आएको माओवादिले समेत जनतालाइ छोडेर सिमित पुजिपतिको पछि लाग्यो ।  भाषणमा मात्रै होइन जनजिविकाको सवालमा  ध्यान दिन जरुरि छ । अव्यबस्थित बसाइसराइ, कार्यकर्ता मुखि बजेट, बिकासको नाममा जोडर आतंक, पार्टिमा बिचारलाइ छोड्दै पुजिपतिको हाबिहुदै गए जनताले सुखर अहिले भन्दै गरेको समृद्धि आउन सक्दैन । नेताहरुले जनताको घर दैलोका समस्या र  बिकास हुन नसकेको कारण बुझ्न जरुरि छ । २००७ साल देखि आन्दोलन र सरकार परिवर्तन मात्रै देखेका नेपाली जनतालाइ बर्षौ पछि भएपनि कामरेड  दर्शन बक्सियोस ।   

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

काठमाडौं - दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे ।

विवाहको करिब १८ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन्...

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार