१४ माघ, २०७८
    {
राजनीति / विचार

खगराजको जन्मदिनमै पत्नी मन्जुले किन उठाइन ‘कार्यकर्ता कत्लेआम’ को त्यो बिषय !

  • पुलेसो
  • २०७८ पुष ०२ शुक्रबार
खगराजको जन्मदिनमै पत्नी मन्जुले किन उठाइन ‘कार्यकर्ता कत्लेआम’ को त्यो बिषय !

महेन्द्रनगर - नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्टको जन्मदिनमा उनकी पत्नी तथा माओवादी नेत्री मन्जु बमले शुक्रवार बिहानै शुभकामना दिइन ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना श्रीमान खगराजलाई डियर केआर भनेर सम्बोधन गरी शुभकामना दिएकी हुन् । उनले प्राय फेसबुकमा आफ्ना श्रीमान खगराजलाई सल्लाह दिदा केआर भनेरै सम्बोधन गर्ने गरेकी छन् ।

जन्मदिन तथा बैबाहिक बर्षगाठका अवसरमा यसरी फेसबुकबाट शुभकामना दिने चलन सामान्य भएपनि नेत्री बमले त्यसमा शुभकामना मात्र होइन्, पुराना राजनीतिक घटनाक्रम र त्यसले खगराजको राजनीतिक जीवनमा पारेका असरहरुका बारेमा संकेत गरेपछि माओवादी बृतमा यो चर्चाको बिषय बनेको छ ।    

बमले पार्टी बाहिर भन्दा भित्रका गलत मान्छेका विरुद्ध लड्दालड्दै आफ्ना श्रीमानले जीवनको आधि भन्दा धेरै समय व्यथित गरेको बताएकी छन् । खगराज भट्टले न्याय पाएन भन्ने गुनासो चौतर्फि आइरहेको बेला पार्टीले ४७ वर्ष पुरा हुनै लाग्दा विश्वास गरेरै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिएको पनि उनले उल्लेख गरेकी छन् ।माओवादी शान्ति प्रकृयामा आएपछि बमलाई अन्तरिम बिधायिका बनाइएको थियो । हाल माओवादीको निर्वाचन आयोगकी सदस्यसमेत रहेकी बमले आफ्ना श्रीमान खगराजको जन्मदिनमा पुराना कुराहरु कोट्याएकी हुन् ।

‘पुराना कार्यकर्ताहरुको कत्लेआम गरिएको, सांगठनिक रुपमा थिलो–थिलो भएको सुदूरपश्चिमलाई सुदृढ र एक ढिक्का गर्ने जिम्मेवारी प्रमुख रुपमा तपाईको हो,’ उनले लेखेकी छन् । कतिपय माओवादी कार्यकर्ताहरुले उनको संकेत हालै नेकपा एमालेका सचिव भएका लेखराज भट्टतर्फ केन्द्रीत रहेको बताएका छन् । 

माओवादीका एक पुराना कार्यकर्ताले लेखराज भट्ट माओवादीमा रहुन्जेल खगराजलाई कुनै अवसर नदिएर उनी र उनको समूहलाई एकतर्फी पेलाइमा पारेकाले बमको त्यस्तो अभिव्यक्ति बाहिर आएको हुनसक्ने बताए ।‘अहिले भने माओवादी केन्द्र सुदूरपश्चिममा नयाँ समिकरण देखिएको छ । खगराज शक्तिमा आएपछि लेखराजसँग नगएर पार्टीमै रहेका कार्यकर्ताहरु पेलाइमा परेका छन्,’ नाम उल्लेख नगर्ने सर्तमा ती कार्यकर्ताले भने ।

 

नेत्री बमले भने त्यसबारेमा पनि खगराजलाई सल्लाह दिएकी छन् । ‘विगतमा कसले के ग-यो, सबै विर्सनुस । कसै प्रति आग्रह–पुर्वाग्रह नराखि बैगुनीलाई गुनले सुधार्नुस,’ उनले लेखेकी छन् । 

बमले जति ठक्कर लाग्छ उति हिड्न सुझाएकी छन् । ‘ठक्कर खादै उचाइमा पुगेको मान्छेलाई कहिल्यै कसैले तल झार्न सक्दैन । गुटफुटलाई कहिल्यै वढावा नदिनुस । आफ्नो बुद्धि, विवेक प्रयोग गरी समग्र नेतृत्व बन्ने सदा प्रयत्नशील रहनु हुनेछ भन्ने आँशा सहित थपिएको वर्ष अन्य वर्ष भन्दा भिन्न होस । जन्मदिन मूवारक प्यारे,’ उनले भनेकी छन् । 

No description available.

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा

काठमाडौं - ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार पोखरा रंगशालामा भएको दोस्रो...

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा