२१ मंसिर, २०७८
    {
राजनीति / प्रदेश ७

युवा नेता जनक सिह धामी काँग्रेस कञ्चनपुर सचिवको दौडमा

  • पुलेसो
  • २०७८ मंसिर ०९ बिहीबार
युवा नेता जनक सिह धामी काँग्रेस कञ्चनपुर सचिवको दौडमा

कञ्चनपुर, । जनक सिह धामी नेपाली काँग्रेस कञ्चनपुरका गतिशिल, ईमान्दार र कर्तव्यनिष्ठ नेताका रुपमा परिचित प्रतिबिम्ब हुन ।

तीन दशकदेखि काँग्रेसमा राजनीतिक गर्दै आएका धामी यतिबेला काँग्रेस कञ्चनपुर सचिव पदका लागि उम्मेदवारीको घोषणा गरेर मतदाता भेटघाटमा व्यस्त छन् । कोईराला पक्षका बलिया खम्बाका रुपमा परिचित धामीको महाधिवेशन यात्रालाई दुई गुट समुहले समेत रोक्न सकेनन् ।

 

उनको लोकप्रियता एव लगनशिलताका कारण काँग्रेस मात्र नभई जनतामाँझ पनि धामी परिचित छन । क्षेत्र नम्बर १ बाट एनपी साउद दिवान पक्षको संयुक्त प्यानलसंग उनी रमेश लेखक प्यानबाट महाधिवेशन सदस्य चुनावी मैदानमा होमिएका थिए । महाधिवेशन सदस्य निर्वाचित संगै उनी काँग्रेस कञ्चनपुर सचिव पदको दौडमा छन ।

 

०४५ साल किशोरा अवस्थादेखि काँग्रेस राजनीतिमा होमिएका नेता धामीले ०४६ सालको जनआन्दोलनमा समेत जेल परेका थिए । राजनीतिक संघर्षमा होमिएका धामीले जेलनेलदेखि थुप्रै संघर्ष गरेका छन । ०४५ मा नेवि संघबाट राजनीतिक यात्रा तय गरेका धामी, ०६४ जनआन्दोलनमा जेल, ०४९ मा सिद्धनाथ बुहुमुखी क्याम्पस नेवि संघ इकाई अध्यक्ष, ०४९ मा सोही क्याम्पस नेवि संघबाट स्ववियू सभापतिका उम्मेदवार बने ।

 

०४९ देखि ०५१ सम्म नेवि संघ कञ्चनपुर सचिव, ०५१ देखि ०५३ नेपाल शिक्षक संघ कञ्चनपुर सचिव, ०५५ सुकुमबासी आयोथमा काँग्रेसका तर्फबाट जिल्ला सदस्य, ०५६ मा आमनिर्वाचन हुँदा केन्द्रीय पर्यवेक्षकको रुपमा दार्चुला खटिए । ०५८ सालमा काँग्रेस क्षेत्र नम्बर २ को उपसभापति, ०५९ क्षेत्रीय सभापति, ०७२ औँ महाधिवेशनबाट कञ्चनपुर जिल्ला सदस्यमा निर्वाचित भए ।

 

जिल्ला सदस्य रहेका धामीलाई पार्टीले प्रशासन विभाग संयोजको समेत जिम्मेबारी दिएको थियो । धामीले किशोरा अवस्थादेखि युवासम्म निरन्तर पार्टीका विभिन्न मोर्चा सम्हालेका छन । तर,पनि पार्टी उनलाई थप जिम्मेबारी भने दिएको छैन । काँग्रेस कञ्चनपुरको सचिवको यात्रा तय गरेका काँग्रेस नेता जनकसिह धामीले पार्टी एकता, गुटरहित, लोकतान्त्रिक, जनतामुखी, लोकतन्त्र सुदृढ बनाउनका लागि काँग्रेस जिल्ला सचिवको यात्रा तय गरेको बताए ।

 

‘मैले निष्ठा, पार्टीको नीति, सिद्धान्त हित अनुरुप काम गर्छु, ‘उनले भने, ‘मलाई विश्वास छ, नेता कार्यकर्ताले सहयोग गर्नुहुनेछन ।’ चुनावका बेला कोही नेता कतै प्यानल कोही कतैबाट चुनावमा होमिएपनि चुनाव जितेपनि सिङ्गो काँग्रेस कञ्चनपुरलाई एक ढिक्का बनाएर भावि चुनावमा जिताउने आफ्नो योजना रहेको धामीले बताए । उनले जिल्लाभरीका नेता कार्यकर्तासंग सहयोगका लागि अपील समेत गरेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालमा पनि ओमिक्रोन पुष्टि

काठमाडौं  - नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई जना विदेशीमा ओमिक्रोन संक्रमण...

नेपालमा पनि ओमिक्रोन पुष्टि

अछामका कैदीबन्दीहरूका लागि सिपमूलक तालिम

अछाम - अछामका कैदीबन्दीहरूको लागि सिपमूलक तालिम सञ्चालन गरिने भएकाे छ ।

सिपमूलक तालिमको सुदुरपश्चिम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले उद्घाटन गरेकी हुन्...

अछामका कैदीबन्दीहरूका लागि सिपमूलक तालिम

दोधारा चाँदनीमा माओवादी केन्द्रको सम्मेलन सुरु

दोधारा । नेकपा माओबादी केन्द्रको दोधारा चाँदनी नगरपालिकामा प्रथम नगर सम्मेलनको उद्धघाटन भएको छ् ।

दोधारा चाँदनीमा माओवादी केन्द्रको सम्मेलन सुरु

कञ्चनपुर उद्योग वाणिज्य संघद्धारा १७ जना...

महेन्द्रनगर - कञ्चनपुर उद्योग बाणिज्य संघले आफ्नो ३१ औं वाषिक सधारण सभामा १७ जनालाई पुरस्कृत गरेको छ ।

नेपाली सेनाका उपरथी प्रेम शाही, व्यवसायी दयाकृष्ण जोशी,...

कञ्चनपुर उद्योग  वाणिज्य संघद्धारा १७ जना सम्मानित