२१ मंसिर, २०७८
    {
राजनीति

एमालेमा ओली समूहमै दुई गुट, कुन गुटको शक्ति कति ?

  • पुलेसो
  • २०७८ मंसिर ०८ बुधबार
एमालेमा ओली समूहमै दुई गुट, कुन गुटको शक्ति कति ?

काठमाडौं - नेकपा एमालेको महधिवेशनमा नेतृत्व चयनमा निर्वाचन हुने निश्चित भएपछि अध्यक्ष केपी शर्मा ओली समूहमै दुई गुटको विकास भएको छ ।

पार्टीको वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओली समूहबीच नै प्रतिष्पर्धा हुने देखिएको छ । वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच प्रतिष्पर्धा हुने भएको हो भने महासचिवमा पनि ओली समूहकै दुई प्रधावशाली नेता शङ्कर पोखरेल र विष्णु पौडेलबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।आफैं आफैंमा प्रतिष्पर्धा हुने भएपछि ओली समूहमा स्पष्ट २ गुट देखिएको छ ।

एउटा गुटको नेतृत्व महासचिव पोखरेलले गरेका छन् भने अर्को गुटको नेतृत्व नेम्वाङले गरेका छन् । नेम्बाङतिर, पौडेल, महेश बस्नेत लगायतका नेताहरू छन् भने ईश्वर पोखरेलतिर शङ्कर पोखरेल, विष्णु रिमाल लगायतका नेताहरू छन्, जसले एमाले महाधिवेशनले गुट उपगुटलाई पश्रय दिने देखिएको छ । साथै यी दुई गुटमध्ये अध्यक्ष ओलीले जसलाई साथ दिन्छन् सोही गुटले महाधिवेशनमा बाजी मार्ने देखिन्छ ।

यता संस्थापन पक्ष नै दुई गुटमा विभाजन भएर वरिष्ठ उपाध्यक्ष र महासचिवमा भिड्ने भएपछि मध्यमार्गी १० भाइ र पूर्वमाओवादी नेताहरू अलमलमा परेका छन् । निर्वाचन नै भएको अवस्थामा आफूहरूले पानी पनि भन्न नपाउने स्थितिलाई बुझेका उनीहरू खुलेर कुनै पनि पदमा दाबी गर्न सकेका छैनन् । सहमतिमा नेतृत्व चयन गर्ने विषय चर्चामा रहँदा वरिष्ठ उपाध्यक्षमा रामबहादुर थापाले र महासचिवमा सुरेन्द्र पाण्डेले दाबी गर्दै आएका थिए । निर्वाचन हुने भएपछि उनीहरू पछि हट्ने सम्भावना देखिन्छ ।

महाधिवेशनमा निर्वाचनमार्फत नै नेतृत्व चुन्ने निश्चित भएपछि ओलीलाई दवाव कम भए पनि महाधिवेशनपछि पुनः पार्टी फुट्ने हो कि भन्ने चिन्ता भने थपिएको छ । निर्वाचन भएको खण्डमा नेतृत्वमा आउनेहरू संस्थापन पक्षकै हाबी हुने निश्चित छ । मध्यमार्गी समूह र पूर्वमाओवादी समूहका प्रतिनिधि नै कम भएकोले उनीहरू निर्वाचित हुने सम्भावना देखिँदैन, जसले गर्दा उनीहरू निराश भएर महाधिवेशनपछि अन्य पार्टीमा प्रवेश गर्ने अवस्था आउनेतर्फ ओली चिन्तित देखिन्छन् ।

भीम रावलको दाउ अर्को
यता अध्यक्षमा उम्मेद्वारी दिएर सहमतिको वातवरण विगारेको उपाध्यक्ष भीम रावलले भने एमालेमा वरिष्ठ नेता बन्ने दाउमा छन् । एमालेमा अध्यक्ष पदमा दोस्रो भएको व्यक्ति वरिष्ठ नेता हुने प्रचलन छ । त्यसैले महाधिवेशनमा कुनै पदमा पनि निर्वाचित हुने सम्भावना नदेखेपछि रावलले अध्यक्षमा हारेर भए पनि वरिष्ठ नेता बन्ने लक्ष्यका साथ अध्यक्षमा उम्मेद्वारी दिएको बुझ्न सकिन्छ ।

सकसमा भूसाल
भीम रावलले अध्यक्षमा उम्मेद्वारी दिँदा सोही खेमाका नेता घनश्याम भूसाल भने सकसमा परेका छन् । वास्तवमा ओलीसँग अध्यक्षमा भिडेर वरिष्ठ नेता बन्ने दाउ भूसालको थियो । तर रावलले आफ्नो समूहमा पनि सल्लाह नगरी अध्यक्षमा उम्मेद्वारी दिएपछि भूसाल जिल्ल परेका छन् । उनीसँग अव कि उध्यक्षमै उम्मेद्वारी दिएर रावलभन्दा लोकप्रिय मत ल्याएर वरिष्ठ नेता बन्ने या अन्य पदाधिकारीमा उठेर हार वेहोर्नेबाहेकको कुनै विकल्प देखिँदैन । रावललाई जित्ने मत ल्याउने सम्भावना नरहेकोले भूषाललको लागि एमालेको १० औं महाधिवेशन विकल्पविहीन बनेर सकिने सम्भावना बढेको छ ।(नवकान्तिपुर)

 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालमा पनि ओमिक्रोन पुष्टि

काठमाडौं  - नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई जना विदेशीमा ओमिक्रोन संक्रमण...

नेपालमा पनि ओमिक्रोन पुष्टि

अछामका कैदीबन्दीहरूका लागि सिपमूलक तालिम

अछाम - अछामका कैदीबन्दीहरूको लागि सिपमूलक तालिम सञ्चालन गरिने भएकाे छ ।

सिपमूलक तालिमको सुदुरपश्चिम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले उद्घाटन गरेकी हुन्...

अछामका कैदीबन्दीहरूका लागि सिपमूलक तालिम

दोधारा चाँदनीमा माओवादी केन्द्रको सम्मेलन सुरु

दोधारा । नेकपा माओबादी केन्द्रको दोधारा चाँदनी नगरपालिकामा प्रथम नगर सम्मेलनको उद्धघाटन भएको छ् ।

दोधारा चाँदनीमा माओवादी केन्द्रको सम्मेलन सुरु

कञ्चनपुर उद्योग वाणिज्य संघद्धारा १७ जना...

महेन्द्रनगर - कञ्चनपुर उद्योग बाणिज्य संघले आफ्नो ३१ औं वाषिक सधारण सभामा १७ जनालाई पुरस्कृत गरेको छ ।

नेपाली सेनाका उपरथी प्रेम शाही, व्यवसायी दयाकृष्ण जोशी,...

कञ्चनपुर उद्योग  वाणिज्य संघद्धारा १७ जना सम्मानित