२१ मंसिर, २०७८
    {
प्रदेश २ / सुरक्षा/अपराध

छोरा नजन्माएको भन्दै धनुषामा श्रीमतीको हत्या

  • पुलेसो
  • २०७८ कात्तिक २३ मंगलबार
छोरा नजन्माएको भन्दै धनुषामा श्रीमतीको हत्या

काठमाडौं : छोरा नजन्माएको भन्दै धनुषामा एक जनाले श्रीमतीको हत्या गरेको खुलेको छ।

सबैला नगरपालिकामा एक श्रीमानले श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको हो।
छोरा जन्ममाउन नसकेको भन्दै सबैला नगरपालिका-३ बस्ने ३५ वर्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनको घाँटी थिचेर हत्या गरेको मृतकका माइती पक्षले आरोप लगाएका छन्।
१३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा र दाईजोलाई लिएर साफी र उनका वहिनी नुरजहा खातुन, दाई मन्जुर साफीले मानसिक तनाव दिदै आएको खातुनका बुबा मोहम्मद आलमले बताए ।
कार्तिक ८ गते राति मदिरा सेवन गरी साफीले घरमा सुतिरहेकी छोरीको घाँटी थिचेर हत्या गरेको उनको आरोप छ। मृतकको शरिरभरि चोट देखिएको र घाँटीमा समेत डाम देखिएको उनको भनाइ छ ।

किटानी जाहेरी दिएपनि प्रहरीले आरोपीलाई कारबाही गर्न आनाकानी गरेको उनको आरोप छ।
 ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नायव उपरीक्षक राजेश सिग्देलले घटनामा भएलगतै मृतकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए ।
घटनामा संलग्न अन्य आरोपीको खोजी भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालमा पनि ओमिक्रोन पुष्टि

काठमाडौं  - नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई जना विदेशीमा ओमिक्रोन संक्रमण...

नेपालमा पनि ओमिक्रोन पुष्टि

अछामका कैदीबन्दीहरूका लागि सिपमूलक तालिम

अछाम - अछामका कैदीबन्दीहरूको लागि सिपमूलक तालिम सञ्चालन गरिने भएकाे छ ।

सिपमूलक तालिमको सुदुरपश्चिम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले उद्घाटन गरेकी हुन्...

अछामका कैदीबन्दीहरूका लागि सिपमूलक तालिम

दोधारा चाँदनीमा माओवादी केन्द्रको सम्मेलन सुरु

दोधारा । नेकपा माओबादी केन्द्रको दोधारा चाँदनी नगरपालिकामा प्रथम नगर सम्मेलनको उद्धघाटन भएको छ् ।

दोधारा चाँदनीमा माओवादी केन्द्रको सम्मेलन सुरु

कञ्चनपुर उद्योग वाणिज्य संघद्धारा १७ जना...

महेन्द्रनगर - कञ्चनपुर उद्योग बाणिज्य संघले आफ्नो ३१ औं वाषिक सधारण सभामा १७ जनालाई पुरस्कृत गरेको छ ।

नेपाली सेनाका उपरथी प्रेम शाही, व्यवसायी दयाकृष्ण जोशी,...

कञ्चनपुर उद्योग  वाणिज्य संघद्धारा १७ जना सम्मानित