०३ कात्तिक, २०७८
    {
समाज

माेरङमा भारतीय लुटेरा समूहकाे बैंक लुट्ने प्रयास असफल

  • Puleso
  • २०७८ असोज २५ सोमबार
माेरङमा  भारतीय लुटेरा समूहकाे बैंक लुट्ने प्रयास असफल

विराटनगर : भारतीय लुटेरा समूहले मोरङमा एक बैंक लुट्ने प्रयास असफल भएको छ।

धनपालथान गाउँपालिका सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्न खोज्ने तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठले लुटपाटका लागि गोली चलाएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको बताए। 

‘हामीले तीन जनालाई नियन्त्रणमा लिएका छौं', उनले भने, ‘घट्नाको थप अनुसन्धान भइरहेको छ।’ ​बैंकभित्र छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोज्दा लुटेरा समूहले गोली चलाएको प्रहरीले जनाएको छ।

लुटेराको गोली लागेर सुरक्षा गार्ड घाइते भएका छन्। पक्राउ परेकाहरूलाई पनि गोली लागेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको पहिचान नखुलेको बुझिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा

मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने...

काठमाडौं : महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

  • Puleso
  • २०७८ असोज २४ आइतबार
मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने लोभले जघन्य अपराध

राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन,...


काठमाडौं : जिल्ला अधिवेशन नसकिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ।

असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला...

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन, महाधिवेशन सर्ने