०३ कात्तिक, २०७८
    {
समाज

कास्की जिप दुर्घटनामा घाइते ८ जनाको मृत्यु, ७ जना काठमाडौंबाट घुम्न गएका विद्यार्थी

  • Puleso
  • २०७८ असोज २५ सोमबार
कास्की  जिप दुर्घटनामा घाइते ८ जनाको मृत्यु, ७ जना काठमाडौंबाट घुम्न गएका विद्यार्थी

पर्वत : कास्कीको घान्द्रुकस्थित अन्नपूर्ण गाउँपालिका १०–कलाभीरमा भएको जिप दुर्घटनामा परी घाइते भएका आठ जनाको ज्यान गएको छ।

गण्डकी प्रदेशका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार ज्यान गुमाउनेमध्ये सात जना काठमाडौंबाट घान्द्रुक घुम्न गएका विद्यार्थी र एक जना जिप चालक घान्द्रुकका स्थानीय रहेको खुलेको छ।

ज्यान गुमाउने चालक ४२ वर्षीय खुसीमान क्षेत्री छन्। अन्य ज्यान गुमाउनेहरूमा  काठमाडौं महानगरपालिका–३ गंगबुका १८ वर्षीय जीनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले छन्।

सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते २० वर्षीय देवीका घिसिङको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

घान्द्रुक जाने सडक हुदु कलडाँडा भीरमा निकै बिग्रेको, उकालो र घुम्ती कटाउन लाग्दा जपि ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए।

हमालका अनुसार सडकको माथिल्लो घुम्तीबाट जिप करिब दुई सय मिटर तल सोही सडकमा खसेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा

मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने...

काठमाडौं : महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

  • Puleso
  • २०७८ असोज २४ आइतबार
मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने लोभले जघन्य अपराध

राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन,...


काठमाडौं : जिल्ला अधिवेशन नसकिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ।

असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला...

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन, महाधिवेशन सर्ने