०३ कात्तिक, २०७८
    {
समाज

बुटवल झडपमा घाइते चार प्रहरीलाई काठमाडौं ल्याइयो

  • Puleso
  • २०७८ असोज २५ सोमबार
बुटवल झडपमा घाइते चार प्रहरीलाई काठमाडौं ल्याइयो

काठमाडौं : रुपन्देहीको मोतीपुरमा आइतबार भएको झडपमा परी घाइते भएका चार जना सुरक्षाकर्मीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका चार जवानलाई थप उपचारका लागि आज हेलिकप्टरबाठ काठमाडौं ल्याइएको हो।

झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका दुई र सशस्त्रका प्रहरीका दुई जना गरी चार जना थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।

केसीका अनुसार इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षीय प्रहरी जवान जयप्रकाश थारू र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगर तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई काठमाडौं ल्याइएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५६ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका ३३ जना घाइते भएका छन्। घाइते भएका अन्य प्रहरी भने उपचारपछि डिस्चार्ज भएको प्रहरी प्रमुख केसीले बताए।

काठमाडौं रिफर गरिएका चार जनाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार हुने छ। सुकुम्बासीका नाममा समूह बनाएर घरटहरा बनाएकाहरूसँगको दोहोरो झडपमा परी सशस्त्र, जनपद प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका हुन्। प्रहरीको गोली लागि चार सर्वसाधारणको ज्यान गएको छ।

झडपमा परी घाइते भएकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवा मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। आइतबार मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा सुकुम्बासी नाममा समूह बनाएर घरटहरा बनाएकाहरुसँग सुरक्षाकर्मीसँग झडप भएको हो। प्रशासनले सो क्षेत्रमा हिजोदेखि लगाएको कर्फ्यु जारी छ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा

मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने...

काठमाडौं : महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

  • Puleso
  • २०७८ असोज २४ आइतबार
मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने लोभले जघन्य अपराध

राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन,...


काठमाडौं : जिल्ला अधिवेशन नसकिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ।

असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला...

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन, महाधिवेशन सर्ने