०३ कात्तिक, २०७८
    {
राजनीति

एमालेको अवरोधबीच प्रतिनिधिसभाबाट रेल्वे विधेयक फिर्ता

  • Puleso
  • २०७८ असोज २५ सोमबार
एमालेको अवरोधबीच प्रतिनिधिसभाबाट रेल्वे विधेयक फिर्ता

काठमाडौं : रेल्वे विधेयक २०७६ प्रतिनिधिसभाबाट फिर्ता भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गरेको विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकले स्वीकृत गरेको हो।

राष्ट्रियसभामा उत्पत्ति भइ प्रतिनिधिसभामा विचाराधिन रहेको विधेयक फिर्ता लिन सहमतिका लागि राष्ट्रिय सभामा पठाइएको थियो। आजै बसेको राष्ट्रियसभाको बैठकले विधेयक फिर्ता गर्न सहमति जनाएपछि संसदबाट विधेयक फिर्ता भएको हो।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आज पनि एमाले सांसदहरूले नारावाजी गरेका थिए। संसदीय सर्वोच्चता कायम गर, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैनलगायतका नारा एमाले सांसदहरूलेलगाएका थिए।

एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनको पत्र पढेर सुनाए। प्रतिनिधिसभामा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री देउवाको तर्फबाट मधेशी आयोगको तेस्रो वर्षीक प्रतिवेदन पेस गरेका छन्।

अवरोधबीच सभामुख सापकोटाले एमाले सांसदहरुलाई आफ्ना कुरा विधि र प्रकृयाअनुरुप संसदमा राख्न आग्रह गर्दै बैठक अघि बढाउने कोसिस गरेका थिए।

एमाले सांसदहरूले नाराबाजी नरोकेपछि बैठक कात्तिक ९ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा

मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने...

काठमाडौं : महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

  • Puleso
  • २०७८ असोज २४ आइतबार
मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने लोभले जघन्य अपराध

राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन,...


काठमाडौं : जिल्ला अधिवेशन नसकिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ।

असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला...

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन, महाधिवेशन सर्ने