२१ मंसिर, २०७८
    {
समाज

मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने लोभले जघन्य अपराध

  • पुलेसो
  • २०७८ असोज २४ आइतबार
मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने लोभले जघन्य अपराध

काठमाडौं : महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

गत भदौ २५ गते नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भइ ललितपुर महानगरपालिका–२७ बस्ने ४५ वर्षीया कमला तामाङको घाँटीमा डोरी कसेर हत्या गर्ने एक युवतीसहित तीन जनालाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत चापागाउँको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–८ मंगलबारे घर भई ललितपुर महानगरपालिका–२८, हरिसिद्धि बस्ने २० वर्षीय सुमन मगर, मकवानपुर, रक्सिराङ गाउँपालिका–५, प्याङचे टोल घर भई हरिसिद्धि, नयाँ बस्ती २३ वर्षीय सविन प्रजा र उनको श्रीमती १८ वर्षीय प्रविना प्रजा माझी छन्।

पक्राउ परेकाहरूलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे छ। महाशाखाका अनुसार सुरुमा सुमनलाई असोज २१ गते पक्राउ गरिएको थियो। उनकै बयानका आधारमा सविनका श्रीमान श्रीमती पक्राउ परेका हुन्।

अनुसन्धानका क्रममा घटनामा संलग्न सविन र सुमनले मानिस पासो लगाएर मरेको डोरी करोडौं रुपैयाँमा बिक्री हुने भन्ने कुरा सुनेर त्यस्तो डोरीबाट पैसा कमाउने उद्देश्यले महिलाको हत्या गरेको खुलेको महाशाखाले जनाएको छ।

प्रहरीका अनुसार हत्या गरिएकी महिला सुमन मगरको चिनजान एवं अवैध सम्बन्ध हुने गरेकी टहरामा एक्लै बस्ने महिला हुन्।

उनीहरूले भदौ २४ गते साँझ मृतकको टहरामा गई मादक पदार्थ सेवन गरी सुत्ने क्रममा मृतकको हात बाँधेर घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीले जनाएको छ। हत्या पश्चात मृतकको कानमा लगाएको गहना र मोबाइलसमेत लुटी फरार रहेका थिए।

उनीहरू आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत चापागाउँकाे जिम्मा लगाएएकाे छ। 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालमा पनि ओमिक्रोन पुष्टि

काठमाडौं  - नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई जना विदेशीमा ओमिक्रोन संक्रमण...

नेपालमा पनि ओमिक्रोन पुष्टि

अछामका कैदीबन्दीहरूका लागि सिपमूलक तालिम

अछाम - अछामका कैदीबन्दीहरूको लागि सिपमूलक तालिम सञ्चालन गरिने भएकाे छ ।

सिपमूलक तालिमको सुदुरपश्चिम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले उद्घाटन गरेकी हुन्...

अछामका कैदीबन्दीहरूका लागि सिपमूलक तालिम

दोधारा चाँदनीमा माओवादी केन्द्रको सम्मेलन सुरु

दोधारा । नेकपा माओबादी केन्द्रको दोधारा चाँदनी नगरपालिकामा प्रथम नगर सम्मेलनको उद्धघाटन भएको छ् ।

दोधारा चाँदनीमा माओवादी केन्द्रको सम्मेलन सुरु

कञ्चनपुर उद्योग वाणिज्य संघद्धारा १७ जना...

महेन्द्रनगर - कञ्चनपुर उद्योग बाणिज्य संघले आफ्नो ३१ औं वाषिक सधारण सभामा १७ जनालाई पुरस्कृत गरेको छ ।

नेपाली सेनाका उपरथी प्रेम शाही, व्यवसायी दयाकृष्ण जोशी,...

कञ्चनपुर उद्योग  वाणिज्य संघद्धारा १७ जना सम्मानित