०३ कात्तिक, २०७८
    {
राजनीति

लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने, सबै दलले टुंग्याए मन्त्रीकाे नाम

  • Puleso
  • २०७८ असोज २४ आइतबार
लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने, सबै दलले टुंग्याए मन्त्रीकाे नाम

काठमाडौं : लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। नेपाली कांग्रेसले मन्त्रीहरूको नामावली टुंग्याउन नसक्दा शुक्रबार स्थगित भएको मन्त्रिपरिषद् विस्तार आइतबार हुने भएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले दिउँसो ३ बजेका लागि शपथको समय तय गरेको जनाएको छ।

नेकपा (एकीकृत समाजवादी)लाई समेत समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो। नेपाली कांग्रेसबाट वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँ मन्त्री बन्ने भएका छन्। कांग्रेसले मन्त्रीको नाम टुंग्याएकाले शपथ ग्रहण हुने काग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए।

कांग्रेसले पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्रीमा यसअघि नै दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको थियो। यस्तै नेकपा माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने भएका छन्। नेकपाबाट उपचुनाव जितेर पछि माओवादी केन्द्र रोजेकी सांसद विमलाकुमारी वली राज्यमन्त्री बन्ने भएकी छन्।

यसअघि मन्त्रिपरिषद् विस्तारका बेला नै वलीलाई राज्यमन्त्री बनाउने चर्चा थियो। माओवादी केन्द्रले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ। माओवादीले पाएका चार मन्त्रालयमध्ये एक मन्त्रालय नेकपा (एकीकृत समाजवादी) लाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ।

नेकपा समाजवादी बाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछन्। कांग्रेसका प्रमुख सचेतक फकरुद्विन खाँनले १२ बजेपछि मात्रै नाम सार्वजनिक गर्ने बताए। राज्यमन्त्रीमा रिना नेपाल विश्वकर्माको नाम समावेश गर्न नेतृत्वलाई दबाव परेको कांग्रेसका एक नेताले बताए। तर, राज्यमन्त्रीमा सचेतक निर्मला क्षेत्रीले समेत दाबी गरेकी थिइन्। 

थप जानकारी

प्रतिक्रिया

छुटाउनुभयो कि?

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा

मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने...

काठमाडौं : महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

  • Puleso
  • २०७८ असोज २४ आइतबार
मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने लोभले जघन्य अपराध

राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन,...


काठमाडौं : जिल्ला अधिवेशन नसकिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ।

असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला...

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन, महाधिवेशन सर्ने